Khadya Bibhag

एक दर्जनभन्दा बढी प्रहरी कार्यालयकोे संरचनामा क्षति

सिरहा, जेठ ९ गते । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनका कारण जिल्ला प्रहरी कार्यालय सिरहासहित जिल्लास्थित एक दर्जनभन्दा बढी प्रहरी कार्यालयकोे संरचनामा क्षति पुगेको छ ।

भूकम्पका कारण कार्यालय भवनमा क्षति पुगेपछि कामकाज गर्न समस्या भएको प्रहरी प्रमुखहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार भूकम्पले जिल्लाका छ वटा इलाका प्रहरी कार्यालय, पाँच वटा प्रहरी चौकी र जिल्ला कारागार सिरहाको कार्यालयमा क्षति पुगेको छ ।

भूकम्पबाट इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी, इलाका प्रहरी कार्यालय महेशवारी, इलाका प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय विष्णुपुर, इलाका प्रहरी कार्यालय कल्याणपुर र इलाका प्रहरी कार्यालय महेशपुर पतारीको भवनमा क्षति पुगेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो । यस्तै, वडा प्रहरी कार्यालय सिरहा, प्रहरी चौकी कचनारी, प्रहरी चौकी ठाडी, प्रहरी चौकी जानकीनगर र प्रहरी चौकी मुक्सारको भवनमा क्षति पुगेको छ ।

भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयसहितका प्रहरी कार्यालयको भवन, छावनी, हिरासत कोठा र पर्खालमा भूकम्पले क्षति पु¥याउँदा प्रहरी असुरक्षित भवनमा बसेर कामकाज गर्न बाध्य छन् ।

भूकम्पबाट प्रहरी कार्यालयहरुमा करिब रु २० लाख ५० हजारबराबरको क्षति भएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।

यसैबीच, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पुरानो चोहर्वा र कसाहामा प्रहरी बिट स्थापना गरिएको छ ।

नवनिर्मित अस्थायी प्रहरी बिटहरुको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामकृपाल साह र पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

तपाईको प्रतिक्रिया