राकेश यादव ।
रौतहट ७ जेष्ठ । जबरदस्ती करणी र कर्तब्य ज्यान मुद्धामा संलग्नभइ लामोसमय देखी फराररहेका दुइजना अभियुक्तलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत दुबैजना अभियुक्तलाइ जिल्लाको छुटा छुटै स्थानबाट गएराती प्रहरीले पक्राउ गरेको हो ।
एस्पी सानुबाबु थपलियाले आज बिहिवार आफनै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आरोपीहरु स्थानिय सितलपुर गाबिस ७ का ४६ को सम्भु गिरी र करुनिया ८ का ४६ को वकिल धुनियालाइ सार्वजनिक गरेका हुन । अभियुक्त धुनियाले २०६६ जेष्ठ १८ गते एकजना स्थानिय महिला सदरुल नेसालाइ जबरदस्ती करणी पछी हत्यागरी फरार रहेको एस्पी थपलियाले बताएका छन । घटनामा संलग्न रहेको आरोपमा मृतक नेसाका बुवा अबिबुर रहमान यसअघि नै पक्राउभइ पुर्पक्षका लागी कारागारमा रहेका छन ।
त्यसैगरी अभियुक्त गिरीले २०५४ बैशाख१७ गते आफनो छिमेकी फटन राउत कुर्मीको हत्यागरी शवलाइ जलाएर नष्ट गर्नखोजेको प्रहरी प्रतिवेदनमा उलेख रहेको छ । दुबै घटनामा करीब एकदर्जन मानिसको संलग्नता रहेको जसमध्ये चारजना यसअघि नै पक्राउ परीसकेको डिएस्पी सुधिरराज शाहीले पत्रकार सम्मेलनमा जनाएका थिए । ।फरार अभियुक्त पक्राउ अभियान अन्तरगत रौतहट प्रहरीले यस आर्थिक बर्षको १० महिनामा बिभिन्न मुद्धामा फराररहेका ४२ जना अभियुक्तलाइ पक्राउगरी आवशयक कार्यवाहीको लागी अदालत सम्म पुरयाइसकेको डिएस्पी शाहीले बताएका छन ।



तपाईको प्रतिक्रिया