राकेश यादव ।
रौतहट जेठ ७ गते । रौतहट जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रममा निरिक्षण गर्ने निरिक्षकको नियुक्ती कोटामा जिल्ला शिक्षा अधिकारी भरतबाबु सुबेदीले मनोमानि गरेका छन् । सुबेदीले सरकारले तोकेको मापदण्ड लाई कालो मसी लाउदै नियम विपरीत जथाभावि ढंगले कोटा बाँडफाँड गरेका छन् ।
रौतहटलाई पूर्ण साक्षर जिल्ला बनाउने उद्देश्यले सुरु भएको राष्ट्रिय साक्षरता अभियान अन्र्तगत कार्यक्रममा सञ्चालित गरिएको साक्षरता कार्यक्रमलाई निरीक्षण गर्नको लागि जिल्ला शिक्षा कार्यालयले छुट्याएको निरीक्षक कोटामा जिशिअ र कार्यालयका कर्मचारीले मनोमानि गरेका छन् । शिक्षा मन्त्रालयले तोकेको मापदण्ड पुरा नै नगरी जिशिअ सुबेदीले आफुखुशी कोटा बाँडफाँड गरेको छ ।
यस वर्ष जिल्ला भरीका ७३ वटा गाविसहरुमा सञ्चालन गरीने साक्षरता कार्यक्रमलाई निरीक्षण गर्न कुल ५ सय ९४ जना निरीक्षक नियुक्ति गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
निरीक्षक नियूक्ति गर्दा दक्ष र अनुभवि निरीक्षक राखिने प्रावधान रहेपनि जिल्ला शिक्षा कार्यालयले आफ्नै ढंगले कोटा बाँडफाँड गरि साक्षरता अभियानलाई झोलामै सिमीत राख्न खोजेको देखिएको छ ।
अभियान संचालनको लागि सुरुमा संस्था छनौटमा नै जिशिकाले अनियमितता गरेको सरोकारवालाले आरोप लगाइ रहेको बेला निरीक्षक नियूक्तिमा पनि आफुखुशी गरेकोले यो अभियान रौतहटमा प्रभावकारी नहुने देखिएको छ ।
जिशिकाले छुट्याएको ५ सय ९४ वटा निरिक्षक कोटामा ७३ वटै गाविसका एक एक विद्यालयबाट ३ जना गरी २ सय १९ जना, ७३ वटै गाविसमा २ दुई जना प्रहरी गरी १ सय ४६ जना, २७ वटा गैसस बाट ३ तीन जना गरी ८१ जना, निजामति कर्मचारी ५० जना र पत्रकार महासंघमा ५० जनाको कोटा छुट्याएको छ । कोटा बाँडफाँडमा जिशिकाले मनोमानि गरेको र जिशिकाको यस्तो चरित्रको कारण रौतहटमा यो अभियान सफल हुने नदेखिएकाले पत्रकार महासंघ रौतहट शाखाले आफ्नो भागमा आएको कोटा फिर्ता गरेको महासंघका अध्यक्ष शैलेन्द्र गुप्ताले बताएका छन् ।
जिशिकाले पत्रकारहरुलाई निरीक्षकको रुपमा साक्षी राखेर आफ्नो मनपरि गर्न खोजेको अध्यक्ष गुप्ताले आरोप समेत लगााएका छन् ।
त्यस्तै सर्वसाधारणलाई सुरक्षा दिन राखिएको प्रहरीलाई कार्यक्रममा निरीक्षकको रुपमा नियूक्ति गर्न नमिल्ने भएपनि जिशिकाले नियूक्ति कोटा छुट्याएको छ । साथै एउटै समयमा निजामति कर्मचारीले दूइ ठाउंंमा काम गर्न नमिल्ने प्रावधान रहेपनि निजामति कर्मचारीको लागि ५० वटा कोटा छुट्याईएको छ ।
यता साक्षरता अभियान कार्यक्रम जिशिकाले र गूप्ताको कुनै मनोमानि नगरेको र सबै नियुक्ती कोटाहरु नियमसंगत छुट्याईएको सूबेदीले बताएका छन् ।
साक्षरता अभियान अन्र्तगत गत वर्ष रौतहटमा सरुअठा ,औरैया, राजपुर फरहदवा लगायत १२ वटा गाविसमा कार्यक्रम संचालन गरेको थियो । तर त्यो कार्यक्रम कागजमा मात्र सिमित रहेको देखीएको छ । हालसम्म जुन जुन गाविस साक्षर भनेर घोषणा गरीएको छ । हाल पनि सो ठांउका अधिकांश जनताहरु निरक्षर रहेको गाउलेहरुले जनाएका छन् ।



तपाईको प्रतिक्रिया