Khadya Bibhag

सप्तरीमा भेटिएको मुर्तिीलाई हनुमानमन्दीरमा राखियो (फोटो सहित)

सप्तरीको वोरीयास्थित एक सार्वजनिक पोखरीमा भगवान विष्णुको प्राचिन (मध्यकालिन प्रकृतिको) मुर्ति फेला परेपछि मुर्ति हेर्नेको भिड लाग्न थालेको छ । स्थानीय रामेश्वर महतोले माटो खन्ने क्रममा सोमवार विहान उक्त मुर्ति फेला पारेका हुन् ।
वोरीया ७ कट्टि स्थित उस्राही पोखरीमा मुर्ति फेला परेको महतोले वताए । कालो रङ्गको करिव १० किलोग्रामको उक्त मुर्ति फेला परेपछि संरक्षणका हिसावले प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । तर, स्थानीयले मुर्ति दिन नमानेपछि सोमवार राति संविधानसभा निर्वाचनमा फोरम नेपालका g]tf शैलेन्द्र साहको जिम्मामा राखिएको थियो ।
संचारकर्मीहरुको रोहवरमा तत्कालका लागि स्थानीय हनुमान मन्दिरमा मुर्ति स्थापना गरिएको साहले जानकारी दिए । मुर्ति फेला परे लगत्तै त्यसको ब्यवस्थापनका लागि स्थानीयवासीले शैलेन्द्र साह संरक्षक तथा विन्देश्वर महतो संयोजक रहने गरी ब्यवस्थापन तथा संरक्षण समिति समेत गठन गरिसकेका छन् ।संरक्षक साहका अनुसार सो मुर्ति १२औं सताब्दिपछिको हुन सक्ने र मुर्ति फेला परेको स्थानमा उत्खनन् गर्न सके थप महत्वपुर्ण वस्तुहरु फेला पर्न सक्ने वताए । वोरीया गाविसमा रहेका स्थानीय पोखरीहरुमा वेला–वेला यस्ता मुर्तिहर फेला पर्ने गरेको जानकारी दिएका साहले यस्कालागि पुरातत्व विभागले चासो दिनुपर्ने वताए ।
यसअघि २०५३ सालको जेष्ठ महिनामा समेत वोरीया ७ स्थित पोरीमा शिवलिङ्ग सहितका ४ वटा मुर्ति फेला परेका थिए । माटो खन्नेक्रममा फेला परेका ति मुर्तिहरु मलेकपुर स्थित मुसर्नियाँका कामदारहरुले लिएर गएपछि मुर्तिको स्वामित्वका विषयलाई लिएर दुइ गाउँका वासीन्दा विच झडप समेत भएको थियो । झडपका क्रममा एक ब्यक्तीको मृत्यु भएको र दर्जनौ ब्यक्ति घाईते समेत भएका थिए ।
मुर्ति फेला परेको विषयमा जानकारी पाएपछि पुरातत्व विभागवाट खटिएको टोलीले चार वटा मध्ये शिवलिङ्ग, कल्किअवतारको मुर्ति, नारीको मुर्ति र पदमपानी वोधिसत्वको मुर्ति भएको पुष्टि गर्दै ति मुर्तिहरु १२ सताब्दिपछिका सिम्रौनगढकालिन हुनसक्ने वताएका थिए । त्यसलगत्तै विभागवाट आएको अर्को टोलीले पोखरीको अनुसन्धान गर्ने क्रममा गणेशको मुर्ति समेत फेला पारेको थियो । भारतिय वनौटका ति मुर्तिका आधारमा उक्त स्थान प्राचिन कालमा कुनै देवस्थल रहेको हुन सक्ने आशंका समेत जाहेर गरेको थियो ।
ईतिहाँसकार हरीकान्तलाल दासका अनुसार उक्त समयमा फेला परेका मुर्तिहरु १४ सताब्दिको मुसलमानी आक्रमणमा अब्यवस्थित भएको वताएका छन् । मुसलमानी टोली सिम्रौनगढ आक्रमण गर्न जाँदा सप्तरीकै वाटो भएर गएको र फेला परेका मन्दिरमा तोडफोड गर्दै गएको जानकारी दिएका उनले उनीहरुद्वारा फालिएका वा मुसलमानी टोलीवाट वचाउन लुकाएर राखिएका हुनसक्ने वताएका छन् ।

तपाईको प्रतिक्रिया