Khadya Bibhag

तराई मधेसी टाइगर पार्टीले हतियार बुझाए

रुपन्देही, जेठ ४ गते । तराई मधेसी टाइगर पार्टीले सरकारसँग भएको सहमतिअनुरुप प्रशासनलाई हतियार बुझाएको छ ।

समूहले आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत नेपाल सरकारलाई विभिन्न किसिमका हातहतियार तथा विष्फोटक पदार्थ बुझाएको हो ।

गत मङ्सिर २६ गते भैरहवामा सो पार्टी र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट गठित प्रारम्भिक वार्ता उपसमितिबीच भएको वार्तापछि यो समूहले हतियार बुझाउने सहमति गरेको हो ।

सो बेला भएको चारबँुदे सहमतिबमोजिम दुई चरणमा गरी १२९ थान हातहतियार तथा विष्फोटक पदार्थ प्रहरीलाई बुझाएको रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीले टिफिन बम ३७ थान, डिब्बा बम ३५ थान, ग्रिनेड ९सकेट बम० सात थान, नल कटुवा पेस्तोल आठ थान, गोली आठ थान, मोबाइल बम दुई थान, कुकर बम दुई थान र कटुवा पेस्तोलको गोली दुई थान बुझाएको हो ।

तपाईको प्रतिक्रिया