Khadya Bibhag

कुन कुन मधेशी नेता जाँदैछन् सरकारमा ?

काठमाडौ जेठ ४ गते । बैशाख १२ गते र २९ गते विनाशकारी भूकम्पपछिको संकटपूर्ण अवस्थामा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग गर्नका लागि भनेर राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेको बेला दलहरु सरकारमा जाने कि नजाने छलफलमा जुटेका छन् । त्यसमा मधेशवादी दल अछुतो देखिएको छैन । ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सार्वजनिक रुपमै राष्ट्रिय सहमतिको सरकार गठनलाई स्वागत गरेको छ ।
अस्ति भर्खरै विराटनगर गएको बेला त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए, ‘अहिलेको अवस्था राष्ट्रिय सहमतिको सरकारको अवश्यकता छ र त्यसका लागि सबै पार्टी एक जुट हुनुपर्छ ।’ गच्छदार जस्तै शरतसिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएको छ ।
त्यस्तै महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टी पनि गच्छदारकै लाइनमा हिडेको देखिन्छ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा सत्तापक्षलाई समर्थन गरेर फिर्ता आइसकेको अवस्थामा उनी पुनः त्यहाँ जाने पक्षमा नदेखिएको उनी पार्टी निकट व्यक्तिहरु बताउँछन् ।
त्यस्तै राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएको छ । तर तराई मधेश लोकतान्त्रिक पार्टीमा मत विभाजन देखिएको छ ।
पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठी सहमतीय सरकारमा जानु हुँदैन भने पक्षमा देखिएको छ भने सर्वेन्द्रनाथ शुक्ला जानुपर्छ भने पक्षमा देखिएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर चुपचाप देखिएपनि सरकारमा जाने पक्षमा देखिएको पार्टी स्रोतहरु बताउँछन् तर सद्भावना पार्टीमा अध्यक्ष राजेन्द्र महतो र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहमतिको सरकारको विरोधमा खुलेर लागेका छन् ।
उनीहरुले अहिलेको अवश्यकता राष्ट्रिय सहमतिको सरकारको होइन, राहत र पुनःस्थापनाको आवश्यकता रहेको बताउँदै आएका छन् । तर उपेन्द्र यादवको फोरम नेपाल, महन्थ ठाकुरको तमलोपा र राजेन्द्र महतोको सद्भावना पार्टीले सहमतीय सरकारको प्रस्तावनालाई बेमौसमको बाजा भनी टिप्पणी गरेका छन् ।
 सद्भावना अध्यक्ष राजेन्द्र महतोले सहमतीय सरकार निर्माणको कुनै अहिले कुनै औचित्य नरहेको बताउँदै जनताको पीडामा नून छर्कने काम दलहरुबाट हुने गरेको बताए ।
उनले राहत र पुनर्निर्माणका लागि सहमतीय सरकारको कुनै काम छैन । त्यसका लागि उच्च स्तरको सर्वदलीय समिति बनाए हुन्छ ।’ महतोले भने ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोभी पापीहरु अहिले पनि सरकारकै कुरा गर्नु दुखदायी कुरा रहेको टिप्पणी गरे । उनले अहिले जनताका लागि राहतको काम गर्नुको सट्टा देश विदेशबाट आउने राहत आपसमा कसरी बाँडीचुडी खाने भनि दावमा लागेको आरोप लगाए ।
तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रिय सरकार निर्माणको विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक नलिएको बताउँदै राष्ट्रिय सहमतिको सरकारको कुरा बेमौसमी कुरा रहेको टिप्पणी गरे । उनले भने, ‘राज्य अत्यन्तै कमजोर छ भन्ने कुरा भूकम्पपछिको बेथिति र बेहाल अवस्थाले फेरि एकपटक पुष्टि गर्यो । थप पार्टीहरु सरकारमा गएर राज्य बलियो हुने होइन । त्यसैले वर्तमान सरकारमा सरकारबाहिर रहेका दलहरु थपिनुको कुनै अर्थ छैन ।’
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले महाभूकम्पले निम्त्याएको राष्ट्रिय संकटको बेला राहत तथा पुनर्निर्माणमा पक्षपात हुन नदिन सहमतीय सरकारको आवश्यकता रहेको जिकिर गरे ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि यो उचित अवसर भएको बताए । ‘मुलुकमा यस्तो राष्ट्रिय संकट आइलागेको छ । यही अवसरलाई सहमतीय सरकार गठनको लागि उपयोग गरेर अब बन्ने सरकारलाई सहमतिकै आधारमा नयाँ संविधान निर्माणका लागि समेत सदुपयोग गर्नुपर्दछ ।’ झाले भने ।

तपाईको प्रतिक्रिया