Khadya Bibhag

विकास तिवारीले दिए राजेन्द्र महतोलाई धन्यवाद

वीरगंज,बैशाख २८ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष बिकास तिवारीले नेपाल सदभावना पार्टीलाई एकीकरणको पत्र दिएकोमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धन्यावाद दिदै आउँदा दिनमा सवै सदभावना परिवार एक हुने आवश्यकता रहेको बताए ।वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बाराको कलैयामा सम्पन्न २ दिने राष्ट्रिय कार्य समितीको बिस्तारीत बैठक बारे जानकारी गराउँदै अध्यक्ष तिवारीले  सदभावना परिवार एकीकरणका लागि परिवारबाद बाटमाथी उठे मात्र सम्भव रहेको अल्याउदै अखण्ड मधेस संघियता सहितको संबिधान पक्षधर सदभावना पार्टीहरु संग एकीकरण गर्ने प्रस्ट पारेको थिए ।
सदभावनाका संस्थापक स्व। गजेन्द्र नारायण सिंह र बाबा रामजनम तिवारीले उठाएका संघीयता ,समान्ता,जनसंख्याको आधारमा प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व नेपाल सदभावना पार्टीको बटम लाईन रहेको बताए । नेपाल सदभवाना पार्टीका राष्ट्रिय उपाध्यक्ष महम्द कलाम आजादको संयोजकत्वमा सदभावना परिवारसँग वार्ताकालागि पँच सदस्यीय समिती समेत बनाएको अध्यक्ष तिवारीले बताए । समितीमा उपाध्यक्ष आजाद संयोजक, सदस्यहरुमा बिन्देश्वर यादव ,राम साहाय यादव,दानी मण्डल ,सबित्री पंडित रहेका छन् ।
पार्टीले अखण्ड मधेस सहितको संघिय संबिधान निर्माणका लागि जनजागरण एवं जन दवाव सृजना गर्ने उदेश्यले आँउदो जेठ १९ गते शनिवारदेखि झापाबाट पार्टीका अध्यक्ष लगायत अन्य नेताहरुले पदयात्रा गर्ने भएका छन् । मधेसमा पठन पाठनको नाममा नेपाली भाषालाई जबरजस्ती लादि मधेसका मौलिक भाषाहरु मैथिली, भोजपुरी,अवधि,थारु,हिन्दीलाई समाप्त पार्ने चलखेल भइरहेको बताउदै मौलिक भाषाहरुमा मधेसका जिल्लाहरुमा पठनपाठन एवं पुस्तकहरु प्रकाशनमा ध्यान दिन सरकारको ध्यानाकर्षन अध्यक्ष तिवारीले गराएक थिए । पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टी गजेन्द्रबादीका राष्ट्रिय अध्यक्ष बिकास तिवारी, उपाध्यक्ष महम्द कलाम आजाद, महासचिव राजकिसोर मिश्र र सहसमासचिव बिन्देश्वर यादव सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया