नेपालगन्ज, २८ वैशाख । एबिसी टेलिभिजनले सुरु गरेको भूकम्पपीडितका लागि राहत सङ्कलन अभियानमा नेपालगन्जबाट रु एक लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भएको छ ।
सिद्धार्थ बंैकसँगको सहकार्यमा एबिसी मिसन नामक खाता सञ्चालन गरिएको एबिसी मिसन खातामा आजसम्म रु एक लाख ५२ हजारभन्दा बढी रकम जम्मा भएको टेलिभिजनको क्षेत्रीय ब्युरो प्रमुख शरण कर्माचार्यले बताउनुभयो ।
सो टेलिभिजनले सिद्धार्थ बैंकमा खोलेको ००४०३९७५६२० नम्बरको खातामार्फत रकम जम्मा गर्न सकिने जनाइएको छ ।


तपाईको प्रतिक्रिया