Khadya Bibhag

राहत प्रदान गर्ने सबभन्दा उत्तम माध्यम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भूकम्पपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।
आफँै संयोजक रहेको सो कोषमा विभिन्न आठ मन्त्रालयका सचिव पदेन सदस्य रहने, सहयोग रकम गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रजिअलाई निकासा दिने, प्रजिअले पीडित क्षेत्रमा उपलब्ध गराउने र महालेखा परीक्षकको कार्यालयले यसको लेखा परीक्षण गर्ने भएकाले कोषमार्फत नै स्वदेशी तथा विदेशी रहयोग उपलब्ध गराउन प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित अन्तक्र्रियामा उहाँले आग्रह गर्नुभएको हो ।
कलाकार तथा सामाजिक अभियन्तासँगको अन्तक्र्रियामा उहाँले कोषको एmचभष्भिा।यऊअm।नयख।लउ नामक वेबसाइट बनाइएकाले स्वदेश तथा विदेशमा रहेका इच्छुक दाताले खष्कब अबचम, mबकतभच अबचमरकअत अबचम मार्फत कोषमा रकम जम्मा गर्न सक्ने र कहाँबाट, कस्ले कहिले कति सहयोग रकम गराएको छ भनी हेर्नसमेत सकिने भएकाले वेबसाइटलाई अत्यधिक उपयोगमा ल्याउनुपर्नेमा पनि सुझाव दिइएको थियो ।
विदेशी दाता तथा गैरसरकारी संस्थाले आफँै गर्ने उद्धार, राहत तथा पुनःनिर्माणजस्ता सहयोगमा ५० प्रतिशत रकम उनीहरूकै तलब, भत्ता, भ्रमण, भाडा, इन्धनजस्ता प्रशासनिक खर्चमै सकिने भएकाले दाता निकायले कबुल गरिएजति सहयोग रकम कोषमै उपलब्ध गराएमा पुरापुर सदुपयोग हुनेमा पनि चर्चा गरिएको थियो ।
अन्तक्र्रियामा सहभागी सामाजिक अभियन्ता तथा कलाकारहरूले सो कोषलाई अझ विश्वसनीय बनाउन कोष सञ्चालन नियमावली परिवर्तन गरेर निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, दाता निकायको विश्वास जित्नुपर्ने, सरकारी संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल तथा सामाजिक अभियन्ताहरू महावीर पुन, डा सन्दुक रुइत, पारस खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीयसचिव वसन्त गौतम, सामाजिक सल्लाहकार डा विजन पन्त, प्रेस संयोजक प्रकाश अधिकारी पनि अन्तक्र्रियामा सहभागी हुनुुहन्थ्यो ।

तपाईको प्रतिक्रिया