Khadya Bibhag

काठमाडौंको धरहरा ध्वस्त, हजार बढी मानिसको ज्यान गएको प्राराम्भीक अनुमान

काठमाडौं : नेपालमा शक्तिशाली भूकम्प गएको छ । लम्जुङ जिल्लालाई केन्द्रबिन्दू बनाएर शनिबार दिउँसो ७.५ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्पबाट काठमाडौंको सुनधारास्थित ऐतिहासिक ९ तले धरहरा पूरै ढलेको छ ।
काठमाडौंमा धरहरा भत्कँदा त्यस आसपासमा धेरै मानिस हताहत भएको अनुमान गरिएको छ । काठमाडौंमा भूकम्पबाट करिब एक सयजनाको ज्यान गएको प्राराम्भीक अनुमान गरिएको छ ।
गोरखा र चितवनमा ठूलो मानवीय क्षति भएको त्यहाँस्थित अन्नपूर्णकर्मीहरुले जनाएका छन् ।

भूकम्पबाट काठमाडौंमा तीनजनाको ज्यान गएको छ । काठमाडौंको शान्तिगरस्थित गेट भत्केर माइक्रो बसलाई किच्दा तीनजनाको ज्यान गएको हो ।

बिराटनगरस्थित अन्नपूर्णकर्मी कुमार लुइँटेलका अनुसार भूकम्पबाट मोरङमा चारजनाको ज्यान गएको छ ।

भूकम्पले भोजपुरको दुम्माना गाविसकी बालिका भावना श्रेष्ठको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया