Khadya Bibhag

प्रचण्ड निवासमा मधेशवादी, जनजातीहरुको वार्ता

काठमाडौँ, १० गते । मधेशवादी दल लगायत जनजातीहरुले आज विहान ९ वजेदखी प्रचण्ड निवासमा वार्ता  गर्दै छन् ।
३० दलीय गठबन्धनका संयोजक एवम एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले काग्रेँस एमालेलाई कुन अधारमा सहमति गरेका हो भन्दै मधेशवादी दल लगायत जनजातीहरु प्रचण्ड  निवासमा छलफल गरिरहेको छ । सोमवार भएको सत्तारुढ काग्रेँस एमाले र प्रमुख प्रतिपक्षी एमाओवादी वीच भएको छलफल प्रति मधेशवादी दल लगायत जनजातीहरुले आपत्ति जनाएका थिए ।
आजको वार्तामा फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर जनजातीका नेताहरु प्रचण्ड निवास पुगि वार्ता गरिरहेका छन् ।  

तपाईको प्रतिक्रिया