Khadya Bibhag

वैद्यका कार्यकर्ताले पिटे प्रचण्डका कार्यकर्तालाई

नेपालगन्ज, ८ वैशाख । नेकपा माओवादीका कार्यकर्ताले एनेकपा ९माओवादी० का जिल्ला कार्यसमिति सदस्य अधिवक्ता सुकईलाल बर्मालाई आज बिहान मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान पौने १० बजे चारबाहिनी चौकस्थित बर्माको ल फर्ममा पुगेका पाँच जनाको समूहले लौरोले बर्मामाथि आक्रमण गरेको थियो । आक्रमण गरिएको स्थानमा नेकपा माओवादीको पर्चा भेटिएको थियो । पर्चामा अधिवक्ता बर्माले अरुको जग्गा हडपेको आरोप लगाइएको छ ।

बाँकेका सेक्रेटरी मानबहादुर रोकायाद्वारा हस्ताक्षरित पर्चामा चेतावनीस्वरुप बर्मामाथि कारबाही गरिएको उल्लेख छ । बाँकेको फत्तेपुरमा रहेको २९ विघा जमिन एमाओवादी बाँकेका पूर्वअध्यक्ष प्रकाश सुवेदीलगायत व्यक्तिसँग मिलेर बर्माले आफ्नो र आफन्तको नाममा नामसारी गराएको आरोप माओवादीले लगाएको छ ।

बर्माविरुद्धको आक्रमणलाई माओवादीले जनकारबाही भनेको छ । आक्रमणकारीको खोजी तीव्र पारिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया