Khadya Bibhag

नेपाल सद्भावना पार्टी प्रेस विज्ञप्ति

मिति ः २०७२ बैशाख ७ गते
प्रेस विज्ञप्ति
नेपाल सद्भावना पार्टी संघीय कार्यसमितिको बिस्तारित बैठक पार्टीका राष्ट्रिय अध्यक्ष श्री अनिल कुमार झाज्यूको अध्यक्षतामा मिति २०७२ बैशाख ३ गते देखी ६ गते सम्म साप फल्चाको सभा कक्ष, बबरमहल, काठमाण्डौमा संचालन भई सम्पन्न भएको छ । बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष द्वारा राजनीतिक, संगठनात्मक तथा भावी रणनीतिको सम्बन्धमा प्रस्तुत प्रस्तावमाथी ब्यापक छलफल गरि निम्नानुसारका निर्णयहरु गरिएका छन्ः
बैठकले वर्तमान संबेदनशील र जटिल राजनीतिक अवस्थाको मुल्यांकन गर्दै देशलाई सहज, शान्तिपुर्ण एवं सरल अवतरणका लागि सहमतिय आधारमा सबिधान निर्माण कार्य सम्पन्न हुनु पर्ने ठहर गरेको छ । बैठकले अधिकार सम्पन्न स्वायत्त मधेश प्रंदेश सहितको संघीय ढाँचा निर्माण गरि देशका शोषित, पीडित, उपेक्षित र अधिकारबाट बंचित समुदायलाई राज्यका सबै अंगमा समानुपातिक समावेशी अधिकार प्रदान गर्न माग गरेको छ ।
बैठकले दलित, मुस्लिम, पिछडा वर्ग सहितका मधेशी, थारु सहितका तराईका आदिवासी जनजाती, तराईका अल्पसंख्यक ९तराईमा बस्ने पहाडी समुदाय०, महिला, पहाडका दलित, पिछडिएका क्षेत्र, आदिवासी जनजाति सहित अन्य शोषित, पीडित तथा उपेक्षित जनताहरुको पक्षमा आगामी संबिधान नआउने परिस्थिति देखिएमा संघर्षका लागि तयार रहन समस्त पार्टी पंतीलाई निर्देशित गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी दिनहरुमा नेपाल सद्भावना पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, नीति एवं नेतृत्वलाई मानेर यस पार्टीमा अन्य दल र व्यक्तिहरुलाई समाहित गर्न नेतृत्व लाई अधिकार प्रदान गरेको छ । विशेषतः वि।सं। २०४० साल देखी नेपाल सद्भावना परिषद र वि।सं। २०४७ बैशाख ३ गते देखि हालसम्म ने।स।पा।को सदस्यको रुपमा काम गरिसकेका तर विविध कारणवश बर्तमान समयमा बिभिन्न दलमा आबद्ध नेता तथा कार्यकर्तालाई आफनो मातृसंस्था नेपाल सद्भावना पार्टीको सदस्यता नविकरण गरि सक्रिय हुन बैठकले आह्वान गरेकोछ । त्यस्तै, “सद्भावना” शव्द प्रयोग गरि विभिन्न नामले गठित भएका पार्टीहरुलाई आफनो मातृसंस्था नेपाल सद्भावना पार्टीमा समावेश भएर यस देशका शोषित, पीडित, उपेक्षित र विभेदमा पारिएकाहरुको अधिकार पुर्नस्थापित गराउने अभियानमा क्रियाशिल हुन बैठकले आह्वान गरेको छ ।
बैठकले पार्टीका संस्थापक अध्यक्ष स्व।श्री गजेन्द्र नारायण सिंहको पुण्यतिथि माघ १० गतेका दिनबाट प्रारम्भ गरि नेपाल सद्भावना पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन आउँदो २०७२ माघ १०, ११ र १२ गते गरि ३ दिनसम्म गर्ने लक्ष्यका साथ आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले २०७२ बैशाख ३ गते सम्पन्न पार्टी रजत जयन्ती समारोहमा उपस्थित भै कार्यक्रमलाई भव्यता प्रदान गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेकोछ ।
बैठकले नेपालका पूर्वप्रधानमन्त्री, रा।प्र।पा।का संस्थापक नेता एवं संबिधानसभाका माननीय सदस्य सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रति हार्दिक समबेदना दिने निर्णय गरको छ ।
बैठकमा पार्टीका राष्ट्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पार्टीका बिभिन्न केन्द्रिय विभाग तथा निकायका पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्षहरु, पार्टी सम्बद्ध वर्गिय संगठनका अध्यक्षहरु, पार्टीका संस्थापक नेताहरु र अन्य आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको थियो ।
……………………….
(अनिल कुमार झा)
अध्यक्ष

तपाईको प्रतिक्रिया