बैशाख ७, नीलकण्ठ नगरपालिका-१ का कृष्ण परियारको उनकै श्रीमतीले हत्या गरेकी छन् । दुर्गा परियारले ढोका लगाउने आग्लोले हानेर श्रीमान कृष्णको हत्या गरेकी हुन् ।
नीलकण्ठ नगरपालिका-२ तीनघरेस्थित एक पसलमा सामान किन्ने क्रममा कृष्ण र दुर्गाबीच झगडा भएको थियो । विवादकै बिच दुर्गाले ढोकाको आग्लो झिकेर प्रहार गर्दा कृष्ण गम्भीर घाइते भएकी थिए ।
उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने दुर्गालाई प्रहरीले हिरासतमा लिएको छ ।



तपाईको प्रतिक्रिया