वैशाख, ६ कतार(दोहा) — कतारमा धेरैे भन्दा धेरै कामदारहरु भोजपुरी र मैथिली भाषी भएकोले ती भोजपुरी मैथिली दर्शक लगायत नेपाली दर्शकलाई लक्षित गरेर मैथिलीभाषाका गायक डा.आभाषको पनि प्रस्तुति राखिएको थियो । आभाषले स्टेजमा भोजपुरी भाषमा लाईभ म्युजिकमा ‘ओढनी के रंग पिअर जादु चलारहलबा लागेके जइसे खेतबामे सरसो फुलारहलबा’, ‘कमोरिया…’लगायतका गितहरु र ‘जुम्मेकी रात हे’ मोस्ट पपुलर गीतहरु गाएर त्यहाँको दर्शकमा नयाँ जोश थपिदिएको थियो । भोजपुरी गायिका सुनिता शाहले ‘हे राजा जी’ भन्दै परदेशी प्रेमीलाई घर फर्कि आग्रह गरिन् । डोली सरकारको नृत्यलाई पनि दर्शकले मनोरञ्जन खुब रमाइ रमाइ गरेको थिए ।
महानायक राजेश हमाल ‘शंकर हुँ म शंकर’ भन्दै कतारको सनैया स्थित वस्टे इण्ड पार्कको स्टेजमा पुगेपछि नायिका प्रियंका कार्कीलाई जर्बजस्ती गर्न खोज्ने गुन्डा भाग्यो । यस्तो लाग्थ्यो, स्टेजमा कुनै फिल्मको सुटिङ चलिरहेको छ । तर जब गुन्डा भागेपछि दर्शकदीर्घामा रहेका ९ हजार दर्शकले ताली बजाए अनि बल्ल महसुस भयो यो नयाँ वर्षको शुभकामना साँझ हो ।
शंकर बिसीको कोरियोग्राफीमा हमाल र प्रियंकाको अभिनयले दर्शकलाई मोहित बनायो । कार्यक्रमको सुरुमै पूर्व मिस नेपाल माल्भिका सुब्बाले कलाकारहरुलाई स्टेजमा बोलाएको थिइन् । लोकदोहरीमा गायक मिलन लामाले अरबी भाषामा बोलेर दर्शकको मन जिते । अनि, ‘माझी दाई पोखरा फेवातालको’, ‘छमछम नाचिदेऊ निहुरेर’, ‘सालको पात सरंग माया नभई मन भो भरंग’, ‘झम्के फुली नाकैमा बुलाकी’, ‘लेकाली हे हे चोयाको डोको,’ ‘लाललुपाते फुल छैन रुख मात्रै’ गाँउदा दर्शकहरु नाचे र खल्खली पसिना बगाए ।
नेपाली साकिरा भनिने गायिका इन्दिरा जोशीले जब स्टेजमा आएर ‘उध्रेकी चेली छ है’ भनिन् तब दर्शकले भने, ‘हेर्न आइन्छ’ भन्दै साथ दिए । उनले कम्मर मर्काउँदै ‘सानुमाया आउन वर’ पनि गाइन् । राजेश र इन्दिराले ‘म त मर्छु कि क्या हो ठुली’ गाउँदा विल्सन विक्रम राई (तक्मे बुढो) र माल्भिकाले जब डान्स गरे अनि कार्यक्रम उत्कर्षमा पुग्यो । राईले ‘तिमीसँगै जिउने मर्ने चाहना छ’, ‘बल्ल बल्ल भेट भो दर्शन नमस्ते’, ‘मोहनी लाग्ला है’ गाए । विल्सनले दर्शकलाई हँसाए ।
नायिका सुष्मा कार्कीको ‘उध्रेकी चोली’ नृत्यमा महानायक हमाल ‘बोत्तलले पुग्दैन’ भन्दै भित्रिएपछि दर्शकले सहजै छाड्न मानेन् । कार्यक्रममा गायिकाहरु चन्दा अर्याल तथा सिमा संग्रौलाले पनि गाएका थिए । यस्तै, शंकर बिसी र रश्मी थापाले युगल नृत्य प्रस्तुत गरेका थिए ।



तपाईको प्रतिक्रिया