लहान, बैशाख ६ । सशस्त्र प्रहरी निरिक्षक दिपक दहालको सरुवा भएसंगै पछिल्लो समयमा सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् ।
स्रोतका अनुसार, त्यस क्षेत्रमा रहेको तिनवटा प्रहरी चौकीका प्रमुख चौकी तथा सुरक्षा आउट बोर्डरपोष्ट का प्रमुखहरुले तस्करहरुसंग प्रत्यक्ष संलग्नता देखाएपछि तस्करीले व्यापकता पाएको हो ।
भन्सार कार्यालयले राजस्व संकलन नितीमा कडाई गरेकाले तस्करहरुले प्रहरीहरुसंग साठघाठ गरि रातिको समयमा भन्सार छली अबैध रुपमा सरसमान नेपाल भित्रियाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानियबासिन्दाका अनुसार, एक पटक मालसमान पार गरे वापत प्रहरीले ५देखि १० हजार सम्म नजराना लिने गरेको बताएका छन् ।
रातीको समयमा मल्हनीयाबाट दैनिक अबैध रुपले मटितेल, खानेतेल तथा मोटरका पार्टस,लगायतका अबैध सरसमानहरु भन्सार छल्ली लैजाने गरेको छ तर प्रहरी प्रशासन मुखदर्शक भएर बसिरहेको स्थानियवासीहरुले गुनासो गरेका छन् । तर प्रहरी चौकीका प्रमुखहरुले यस क्षेत्रबाट कुनै किसिमको अबैध करोबार नहुने गरेको भन्दै अनभिज्ञता प्रकट गर्दै पन्छिन खोजेका छन् ।



तपाईको प्रतिक्रिया