सप्तरी जिल्ला आगलागीको उच्च जोखिमा रहेको छ तर त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले कुनै तयारी गरेको देखिदैन । आगलागी नियन्त्रण गर्नका लागि जिल्लामा रहेको एकमात्र दमकल रहेको छ । त्यो पनि नगरपालिकाको रहेको छ । र ती सबै ठाउँमा पुग्न नसक्दा ठूलो क्षति हुने गरेको बताइन्छ ।
नगरपालिकाको तथ्यांकमा तीनवटा दमकल छ । ती मध्ये एक बटा मात्र काम लाग्ने अवस्थामा रहेको छ । वर्षौअघि ल्याएको दमकल बिग्रिएर थन्किएको करिब १० वर्ष हुन लागेको छ तर मर्मत हुन सकेको छैन । र मर्मत गर्न कसैले चासो पनि देखाएको छैन । जिल्लमा वर्षैनी आगलागिबाट करोडौंको क्षति हुने गरेको छ ।
एकै दिनमा २÷३ ठाउँमा आगो लागेको भन्दै फोन आउन थालेपछि पहिला कहाँ पुग्ने समस्या हुने गरेको बताउँदै बारुणयन्त्रका चालक महन्थी यादवले कुनैबेला त एकै समयमा २÷३ स्थानबाट आगो लागेको खबर आउन थालेपछि पहिला कताजाने विषयमा अलमल हुने गरेको अनुभव सुनाए ।
यसवर्ष चैत्रदेखि यता कन्चनरुप नगरपालिकाको पडेमारा, रम्पुरा मल्हनियाँ, बेल्ही, सिमराहा, गम्हरीया प्रवाहा लगायत एक दर्जन गाविसमा आगलागीको घटना भएको छ ।



तपाईको प्रतिक्रिया