सप्तरी, बैशाख ५ गते । सरकारले सप्तरीका अग्नि पीडीतहरुलाई ३० लाखसम्मको सुहलियतमा ऋण दिने भएको छ । यस्तो व्यवस्था गर्न गृहमन्त्रालयले भनेको जिल्ला विपद् ब्यवास्थापन समितिको आज बसेको बैठकमा समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले जानकारी गराए
सदस्य सचिव धमलाले अग्निपीडीतहरुलाई विभिन्न चरणमा सहुलियत दरमा ऋण उपलब्ध गराउने जानकारी गराए । मन्त्रीपरिषद्को गत चैत्र २० गतेको बसेको बैठक अनुुसार क्षति भएको परिवारलाई क्षतिको रकममा ५० प्रतिशतले नबढ्ने गरि बढीमा ३० लाखसम्म एक वर्षका लागि र्निब्याजी सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको थियो ।
बैठकले जिल्लाको राजविराज, कञ्चनरुप र शंभुनाथ नगरपालिका तथा बोदे बरसाइनलाई अग्नि नियन्त्रण केन्द्र स्थापना गर्न मन्त्रालयलाई लेखि पठाउने समेत निर्णय गरेको छ । साथै विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको विपद् समयमा प्रयोग हुन सक्ने स्रोत साधनको नक्सांकन गर्ने र आवश्यक सूचनाहरु समन्वय गर्ने जिम्मा गृहमन्त्रालयले कोशी पीडीत समाजलाई तोकेकोमा बैठकले अनुमोदन गरेको छ ।



तपाईको प्रतिक्रिया