काठमाडौँ बैशाख—४ गते । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले सद्भावना परिवारका अन्य राजनीतिकदलहरुसँग एकीकरण गर्ने प्रयासलाई अगाडि बढाएको छ । आज शुक्रबार सद्भावना पार्टीले पार्टीले विज्ञप्तिमार्फत अनिल कुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र विकास तिवारी नेतृत्वको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) सँग एकीकरण गर्न पत्राचार गरेको, जानकारी पार्टि केन्द्रिय सदस्य योगेन्द्र यादवले जानकारी दिए ।
सद्भावना परिवारको पार्टी एकीकरणका लागि सद्भावना पार्टीले पाँच सदस्यीय कार्यदल पनि गठन गरेको छ । २०७१ चैत्र १० र ११ गते वीरगंजमा भएको पार्टीको राष्ट्रिय कार्य समितिको विस्तारित बैठकले गरेको निर्णय बमोजिम ‘सद्भावना पार्टी परिवारका राजनीतिक दल तथा साथिहरबीच एकीकरण’ गर्न कार्यदल गठन गरिएको विज्ञप्तिमा जनाइएको छ । कार्यदलमा पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण (संयोजक), महासचिव मनिष सुमन, सहमहासचिव देवेन्द्र प्रसाद यादव, प्रवक्ता संतोष कुमार मेहता र केन्द्रीय सदस्य योगेन्द्र यादव सदस्यहरु रहेका छन् ।
कार्यदलले आज भएको बैठकले पार्टी एकीकरण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सदभावना पार्टीले एकीकरण गर्न प्रस्तावका लागि हालमा एकिकरण भएको संघिय सदभावना पार्टी र नेपाल सदभावना पार्टी अहिले स्व.गेजेन्द्र नरायण सिंहले स्थपना गरेको नेपाल सद्भावना पार्टीको अध्यक्ष अनिल झा र विकास तिवारी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) पार्टीलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ । यसका साथै विज्ञप्तिमार्फत विभिन्न कालखण्डमा सदभावना परिषद देखी नेपाल सद्भावना पार्टीमा रही योगदान गरेका सद्भावना पार्टी परिवारका सदस्यहरुलाई संघीयतालगायतका विषयका लागि सशक्त आन्दोलन गर्ने अभियानमा सहभागी हुन आग्रह पनि गरिएको छ ।





तपाईको प्रतिक्रिया