वीरगंज,बैशाख ३ ।मधेसी जनअधिकार फोरम नेपाल पर्साले आज एक समारोहका बिच पर्सा जिल्लाका गरिब तथा जेहेन्दार छात्राहरुलाई निशुल्क साईकल बितरण गरेको छ । जिल्लाका २२ वटा सरकारी तथा सामुदायिक बिद्यालयका ८६ जना छात्राहरुलाई बितरण गरेको हो ।
फोरम नेपाल पर्साको अध्यक्ष प्रदीप यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रमुख अन्जुरञ्जन, दूतावासका कन्सुलर कृष्णचैतन्य , फोरम नेपालका केन्द्रिय सदस्य बिरेन्द्र यादव, जिल्ला बिकास समिती पसाका प्रतिनिधी धर्मराज थापा लगायतकाले सम्बोधन गरेका थिए ।
साईकल बितरण समारोहका प्रमुख अतिथी एवं दूतावास वीरगंजकी प्रमुख महावाणिज्यदूत अन्जुरन्जनले सभालाई सम्बोधन गर्दै यो कार्यक्रमबाट छात्राहरुमा थप हौसला प्रदान गरेको बताउदै फोरम नेपालले बिद्यार्थीहरुलाई साईकल बितरण गरेर बिद्यार्थीको शैक्षिक एवं समाजिक बिकासमा मदत पुगने बिश्वास व्यक्त गरेका थिइन ।
नेपाल र भारतको रोटी र बेटीको सम्बन्ध रहेको बताउदै भारतले जहिले पनि नेपालको भलो चाहेको बताइन । छात्राहरुको चौतर्फी बिकासका लागि आफनो तर्फबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले सभालाई सम्बोधन गर्दै आफु र आफनो पार्टीले महिलाको बिकास एवं उत्थानकालागि लागि परेको बताउदै पर्साका महिला एवं बिद्यालयमा अध्ययनरत छात्राहरुका लागि शैक्षिक एवं समाजिक जिवनस्तर माथी उकास्न लागि परि रहेको बताए ।
छात्राहरुलाई साईकल बितरण कार्यक्रमको प्रेरणा भारत सरकारका केन्द्रियमन्त्री एवं राज्यका मुख्यमन्त्रीहरुबाट आफुलाई प्रेरणा मिलेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको पावनभुमि जनकपुरधाम र लुम्बिनी लगायतका ठाँउहरुमा छात्राहरुलाई साईकल बितरण गर्ने ईच्छा गरेतापनि मधेस बिरोधी सरकारले मधेसमा कुनै किसिमको समाजिक काम एवं बिकासका कामहरु गर्न नदिने संकुचित सोचका कारण सरकारले त्यो कार्यक्रमलाई रद्द गरेकोमा कडा आपती जनाएका थिए ।
पर्साका जगरनाथपुर,बगही,भवानीपुर,सुकचैना,लिपनीमाल,चोर्नी,कोनीया,बहुअवरी सुगौली,बारवा छटैली,बसडिलवा, बहुअर्वाभठा,भेडियाही,मुर्ली,श्रीपुर , छपकैया, लालपर्सा, नगवा लगायत वीरगंज नगरपालिकामा रहेका बिद्यालयहरुबाट गरिब तथा जेहेन्दार कक्षा ८ र ९ का बिद्यार्थीहरुलाई निशुल्क साईकल बितरण गरिएको हो । कार्यक्रमको सहजीकरण फोरमका नेता उमेशलाल सहनी र महिला नेतृ मिनी सिंहले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन । फोरम नेपालका सभासद श्रवण अग्रवालको संस्दीय कोषबाट साईकल बितरण गरिएको हो ।












तपाईको प्रतिक्रिया