धनुषा बैशाख ३ गते । चैत ८ गते धनुषाको सबैलामा मदन आश्रित निमाविको व्यवस्थापन समितिको विवाको क्रममा भएको दुईजनाको हत्यामा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादवको हात रहेको भनि प्रहरीले खोजी जारी रहेको छ ।
घटनालगतै फरार योगनारायण यादवलाई प्रहरीले मोस्टवान्टेट सूचिमा राखी खोजिरहेका छन् । धनुषा लगायत अन्य जिल्ला प्रहरी कार्यालयलयलाई पत्र पठाई योगनारायणलाई खाजी गर्न भनेका छन् ततर आज धनुषा जिल्लाका जिल्ला इन्चार्ज श्रीप्रसाद साहले पत्रकार सम्मेलन नै गरी योगनारायण यादव आफ्नो सम्पर्कमा रहेको पत्रकारलाई जानकारी गराएका छन् ।
यसबाट पुष्टि हुन्छ कि योगनारायण यादवलाई एमाले पार्टीले संरक्षण दिइ राखेका छन् । योगनारायण केपी ओली पक्षधर हुन् र अहिले ओली पक्षधर वामदेव गौतम गृहमन्त्री भएको कारणले उनलाई लुक्न सजिलो भएको हो ।
पीडित पक्षलाई चित्त बुझाउनका लागि मात्र प्रहरीले योगनारायणलाई खोजे जस्तो गरेको छ । यदि एमालेकै जिल्ला इन्चार्ज साहले योगनारायण आफ्नो सम्पर्कमा रहेको हाकाहाकी भनिरहेका छन् भने प्रहरीले खोज्नेको नाट्क किन गरिरहेको छ । नेता साहलाई प्रहरीले समातेर लगेपछि योगनारायण आफै उपस्थित हुन्छ तर प्रहरीले साहलाई समात्न आँट नगरिरहेको सर्वसाधारणको भनाई छ ।
साहले आज गरेको पत्रकार सम्मेलनमा आफूलाई प्रहरीमाथि विश्वास नरहेकाले अदालतमा मुद्दा दायर भएपछि योगनारायण आफै उपस्थित हुने तर प्रहरीको सामु उपस्थित नहुने बताएका छन् । विद्यालय व्यवस्थापन समितिको चुनावको क्रममा आफ्नो पक्षका मानिस अध्यक्ष बन्न पाउनुपर्ने विषयमा विवाद भएपछि योगनारायण नेतृत्वमा रहेका करिब २५ जनाको समूहले अर्को पक्षमाथि आक्रमण गर्दा दुईजनाको मृत्यू भएको बताइन्छ ।
झडपको क्रममा गम्भीर घाइते भएका रामसेवक राउत गडेरीको उपचारको क्रममा काठमाडौं लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोही राति स्थानीय रामप्रकाश यादवको गोली हानी रहस्मय तरिकाले हत्या गरिएको थियो । घटनामा १२ जनाभन्दा बढी गाउँले घाइते भएका थिए ।
सोही घटनामा संलग्न रहेको भन्दै जिप्रका धनुषामा सिकिल देवी र श्याम किशोर साहले योगनारायणमाथि कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेका हुन् ।



तपाईको प्रतिक्रिया