Khadya Bibhag

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

पूर्व प्रधानमन्त्री एवम संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको एक अस्पतालमा निधन भएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार ११ः३० वजे राति निधन भएको हो ।
पञ्चायतकालमा भूमिगत गिरोहको विरोध गरेर चर्चामा आएका थापा प्रजातन्त्रको पुर्नस्थापनापछि पनि आफ्नो खरो विचारका लागि चिनिन्थे । यहि चैत्र ५ गते आफ्नो ८८ औं जन्मदिन मनाएका र नेपालीहरुसित वन्मदिन बधाइ पाएर चैत्र १६ गते थापाको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि दिल्ली लगिएको थियो ।
केही दिन पहिले आन्द्राको सफल शल्यक्रिया भएको छन् भन्दै डाक्टरले भने पनि स्वास्थ राम्रो नभएकोले अस्पतालमै हुदाँ थापाको बुधबार साँझ स्वासप्रश्वास समस्या बढेको थियो । स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए । उनका छोरा तथा वाणिज्यमन्त्री सुनिलबहादुर थापा पनि आफ्ना पिताको साथमै थिए । स्वर्गीय थापाको पाथिर्थ शरीर बिहीबार नेपाल ल्याइने सम्भावना रहेको बताइएको छ ।
राजनीतिक जीवन
धनकुटाको मुगामा जन्मिएका थापा गएको झण्डै ६ दशकदेखि नेपाली राजनीतिमा सक्रिय थिए र थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।
दोश्रो संविधानसभाका पनि सदस्य रहेका थापा सबैभन्दा ज्येष्ठ सदस्य पनि थिए । २०३७ सालमा जनमत संग्रहताका प्रधानमन्त्री रहेका थापालाई पञ्चायती व्यवस्था जिताउन साम, दाम, दण्ड, भेद प्रयोग गरेको आरोप लाग्ने गरेको थियो । पञ्चायतकालमा भूमिगत गिरोहको विरोध गरेर चर्चामा आएका थापा प्रजातन्त्रको पुर्नस्थापनापछि पनि आफ्नो खरो विचारका लागि चिनिन्थे ।

तपाईको प्रतिक्रिया