नेपाल सदभावना पार्टीको २५ औँ स्थपना दिवस आज बैसाख ३ गतेको दिन मनाइरहेको छन् । अनिल झा अध्यक्ष रहेका नेपाल सद्भावना पार्टीको कालिकास्थान स्थित अमृतभोगमा कार्यक्रम रहेको छन् भने, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीको बानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेसमा कार्यक्रम रहेको छ ।
स्व. गजेन्द्र नरायण सिंहले सद्भावना परिषदवाट २०४७ साल बैसाख ३ गते नेपाल सद्भावना पार्टी बनाएका थिए । सोही दिनलाई अधार मानी सद्भावना पार्टीहरुले स्थपना दिवस मनाउन लागेका हुन् ।
राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी २०६४ साल मंसिरमा गठन भएको भन्दै २५ स्थपना दिवस मनाउनु गलत भएको नेपाल सद्भावना पार्टीको अध्यक्ष अनिल झाले बताए । अनिल झाले भने, जनतालाई भ्रममा राख्ने काम सद्भावना पार्टीले गरिरहेको छ । र भोली यसको लागि न्याय खाेज्नु पर्छ ।
यता सद्भावना पार्टीको सह—अध्यक्ष लक्ष्मणलाल कर्णले अलग पार्टीको गठन गरेको होइन, गजेन्द्रवावुले स्थपना गरेको नेपाल सद्भावना पार्टीवाट अलग भएर सद्भावना पार्टीको गठन गरेको कारण २०४७ साललाई नै स्थपना मिती मानेको बताए ।
सरिता गिरीको नेपाल सद्भावना पार्टी र अनिल झाको संघिय सद्भावना पार्टीको एकिकरण भएको छ भने, सद्भावना पार्टीवाट अलग भएका राष्ट्रिय सद्भावना पार्टी महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी (नेपाल) सँग एकिकरण गरि तराई मधेश सद्भावना पार्टी भएको छ ।
अर्को सरिता गिरीको पार्टीवाट अलग भएर विकाश तिवारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) गठन गरेका छन् । श्यामसुन्दर गुप्ता जेलमा रहेको कारण उनको पार्टी नेपाल सद्भावना पार्टी (गुप्ता समुह) अस्तित्व छैन् ।




तपाईको प्रतिक्रिया