Khadya Bibhag

प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नियुक्तिपत्रका आधारमा पद लम्ब्याई गैरकानुनी रुपमा तलब भत्ता लिएको अभियोगमा बाराका एक प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार वीरगन्ज उपमहानगरपालिका–१७ मा रहेको सिद्धार्थ माविमा कार्यरत प्रधानाध्यापक जगन्नाथ तिवारी २०६० साल वैशाख १ देखि स्वतः पदमुक्त हुने भए पनि नक्कली नियुक्ति पत्र पेस गरी अवधि लम्ब्याएको, तलब भत्तासमेत लिएको देखिएकाले मुद्दा दायर गरिएको हो ।

तिवारी २०५५ साल वैशाख १ गते नियुक्त हुनुभएको थियो । सरकारी अनुदानका रुपमा प्राप्त रु १० लाख ५४ हजार २४७ पदीय दुरुपयोग गरी हिनामिना गरेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया