रौतहट, २९ चैत । सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका गौर नगरपालिका सपगढाका रामअशिष ठाकुरको आश्रित परिवारलाई पाँच लाख रुपैया दिएका छन् ।
श्रीमती भगवतीया देवीलाई ३० दलिय मोर्चाले आइतवार गौरमा पाँच लाख रुपैया हस्तान्तरण गरेको छ ।
३० दलिय केन्द्रीय मोर्चाद्धारा पठाइएको मृतक ठाकुरको श्रीमती भगवतीया र छोरा रामप्रसाद ठाकुरलाई एक समारोहका विच उक्त रकम उपलब्ध गराइएको हो ।
मोर्चाद्धारा आठ बुंदे माग सहितको प्रेस विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा गठित छानविन समिति खारेज गर, प्रहरी प्रशासनको गोलीबाट घाइते, अंगभंग भएकाहरु स्तरीय उपचारका लागि समिति गठन गर लगायत ८ सुत्रिय मागहरु अघि सारेका छन् ।
मोर्चाका संयोजक यादवले केही व्यक्तिका कारण उत्कर्षमा रहेका गौर आन्दोलन भाडिने कार्य भएकोमा गम्भिर आपत्ति प्रकट गर्दै त्यसता प्रवृत्तिका विरुद्ध भण्डाफोर अभियान संचालन गरिने चेतावनी समेत दिए ।
सो पत्रकार सम्मेलनमा उपस्थित रहेका मृतक ठाकुरको वयोवृद्धा श्रीमती भगवतीयाले यो रकमबाट श्रीमानको काजक्रिया गर्ने र एक्लो छोराको भविष्य सपार्ने कार्यमा खर्च गरिने बताइन् ।



तपाईको प्रतिक्रिया