काठमाडौ चैत २७ गते । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले निकै कठिनबाट गठन भएको ३० दलीय गठबन्धनमा विभाजन आउन नहुने बताएका छन् ।
एमाआवादीका अध्यक्ष एवं ३० दलीय गठबन्धनका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’ सँगको भेटघाटपछि बाहिरिएका अध्यक्ष यादवले सहारा टाइम्ससँग कुरा गर्दै भने, प्रचण्डजी गठबन्धनप्रति निकै गम्भिर हुनुहुन्छ, यसमा कुनै विवाद नआओस् भनेर उहाँले नेताहरुलाई भेट्ने कार्यक्रम बनाउनु भएको छ । उहाँले सबैलाई भेटेर यसको समाधान गर्नुहुन्छ ।’
अध्यक्ष प्रचण्ड पनि आन्दोलकै पक्षमा रहेको दावी गर्दै उनले सत्ताधारीले जसरी सविधानसभालाई ३० गतेका लागि सारेका छन् त्यसबीचमा आन्दोलन गर्नु उपयुक्त नलागेर स्थगित गरेको तर सधैका लागि आन्दोलन बन्द नभएको अध्यक्ष यादवले बताए ।
मधेशवादी दलका नेताहरु पनि ठाउँमा बोल्दैनन्, निर्णय भइसकेपछि बाहिर आएर बोल्छन् यो कमजोरी भएको हो, उनले भने, यदि आमहड्ताल फिर्तामा असहमति थियो भने त्यही टेबल ठोकेर बोल्नुपर्ने थियो । सञ्चारकर्मीलाई बोलाएर भन्नुपर्ने थियो कि अध्यक्ष प्रचण्डले गरेको निर्णयप्रति हाम्रो असहमति छ । तर सर्वसम्मतिले निर्णय पनि गर्ने अनि बाहिर आएर त्यसको विरोधमा बोल्ने पनि यो अलि भएन ।’
आफू बैठकमा नभएकाले त्यहाँ के के भयो त्यो कुरा थाह नभएको तर आफ्नो दलको प्रतिनिधि त्यहाँ भएको र बाहिर आएर कुनै प्रतिकृया नदिएको कारण आमहड्ताल फिर्ता लिनु गलत थियो या सही त्यो भन्न नमिल्ने बताउँदै उनले गठबन्धनको बारेमा जसरी बाहिर कुरा आएको छ त्यो चाहि गलत भएको प्रतिकृया दिए ।
गठबन्धनको बैठक बसेपछि सबै कुरा ठिक हुने बताउँदै उनले ३० गतेसम्ममा कुनै सहमति नभए गठबन्धनले आन्दोलनका कार्यक्रम तय गरी अगाडि बढ्ने बताए ।



तपाईको प्रतिक्रिया