काठमाण्डौ २८ चैत्र । काग्रेस र एमालेपार्टीले दुई तिहाईको बलमा विगतको सम्झौता तथा पहिचान र समाथ्र्य नभएको संविधान ल्याउन खोजे मुलुक द्धन्दमा जाने बताएका छन् ।
आज दिउँसो पार्टी कार्यालयमा युरोपेली युनियनका सांसदहरु प्रतिनिधी मण्डलसंगको भेट पछि संचारकर्मीसँग कुरा गर्नु हुँदै अध्यक्ष महतोले दुई तिहाईको बलमा भन्दा विगतको सहमतीको आधारमा संविधान ल्याउनु पर्ने बताए । जनताले काँग्रेस र एमालेलाई संघियतासहितको संविधान ल्याउनको लागी जनमत प्रदान गरेको भन्दै जनमतको विरुद्धमा गए पहिचानवादी शतिmहरु सडकमा जानुको विकल्प नहुने बताए ।
१२ बुँदे सम्झौता मधेश आन्दोलनसँग भएको सहमतीको आधारमा संविधान जारी नगर्ने हो भने जनता फेरी आन्दोलनमा जाने बताए ।
भेटमा प्रतिनिधिमण्डललाई दोस्रो संविधानसभाबाट नै संविधान जारी पहिचान र सामथ्र्य सहितको संविधान जारी हुनुपर्ने महतोले कुरा राखेको बताए । महतो तेस्रो संविधानसभाको कुरा नेपाली जनताको कल्लपना भन्दा पनि बाहिरको कुरा भएको स्पष्ट पारेका छन् ।
भेटमा सद्भावना पार्टीको सहअध्यक्ष लक्ष्मणलाल कर्ण र सहमहासचिव अर्जुन उप्रेती लगायतका नेताहरु सहभागी भएको थियो । युरोपेली युनियनका सांसदहरुको प्रतिनिधि मण्डलकी अध्यक्ष जिन लाम्बार्ट लागयतका सांसदहरुले सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया