काठमाडौ चैत २५ गते । ३० दलिय मोर्चाका घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दिने आमहडताल फिर्ता लिएको प्रति कडा आपत्ति जनाएका छन् । उनले अब आन्दोलनका लागि मधेशी मोर्चालाई अलग ढंगबाट सोच्ने आवश्यकता आएको बताउँदै बारम्बार बन्दको घोषणा गर्नु र फिर्ता लिनुबाट जनतालाई दुख दिने काम भएको बताए ।
आफ्नो पार्टी कार्यालयमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले यस्तो बन्दका कारण कार्यकर्ताहरुको मनोबल समेत घटेको बताए । आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा एमाओवादीका अध्यक्ष एवं गबन्धनका संयोजक प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मिलेर आमहड्ताल फिर्ता लिएको बताउँदै उनले यी दुई नेताले अन्य दललाई धोका दिएको आरोप लगाए ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले अह्वान गरेको आमहड्तालको चैत २४ र २५ गतेको आन्दोलन फिर्ता लिएको निर्णयप्रति मधेही मोर्चाका अन्य घटक दलले पनि विरोध जनाएको छ ।



तपाईको प्रतिक्रिया