ताप्लेजुङ, चैत २५ गते । बालबालिका तथा महिला बलात्कारका घटनामा दोषी पाइएका धेरैलाई प्रहरीले पक्राउ गरी अदालतबाट त्यसलाई सजाय पनि सुनाइएको छ तर एउटा जनावरलाई बलात्कार गरेको आरोपमा एकजना व्यक्ति अहिले प्रहरीको खोरमा पुगेको नौलो हुनसक्छ तर यहाँ यहाँ यस्तै भएको छ । ताप्लेजुङको खेबाङमा सञ्जिव गिरीले एउटा गाईलाई बलात्कार गरेको आरोपमा उनी अहिले प्रहरीको खोरमा छन् ।
आफ्नो गाई खेबाङस्थित तावाखोला जङ्गलमा चरिरहेको अवस्थामा जवर्जस्ती करणी गरेको आरोप लगाउँदै पुजन गिरीले प्रहरीमा उजुरी दिएपछि १८ वर्षीय सञ्जिव गिरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय तेल्लोकबाट गएको प्रहरी टोलीले सञ्जिव गिरीलाई आज बिहान पक्राउ गरेको हो । पशु करणीअन्तर्गत मुद्दा चलाइने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।



तपाईको प्रतिक्रिया