विजय कुमार
३० दलीय गठबन्धनको संयोजक प्रचण्डले आज बसेको समिक्षा बैठकमा भोली, पसि अर्थात चैत्र २५ र २६ गते हुने आम हडताल फिर्ता लिने विषयमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएको छन । अध्यक्ष यादव साहारा टाइम्ससँग कुरा गर्दै भने सरकारले विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने ठोस प्रतिवद्धता जाहेर नगरेसम्म र मोर्चाको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय विपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय विपरीत आमहड्ताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडितवर्ग लगायत आमजनतालाई धोका दिएको छ र गठबन्धनले आन्दोलन फिर्ता लिदैँमा आन्दोलन फिर्ता नहुने बताएका छन् । सत्तासीन दल नेपाली कांग्रेस र नेकपा एमालेले बहुमतको दम्भले जनभावना विपरीत संविधान बनाउन उद्दत रहेको र तिनका विरुद्व सार्थक संविधानका लागि जनता सडकमा ओर्लिसकेको र आन्दोलन निर्णायक चरणमा पुगिसकेको अवस्थामा आमहड्ताल फिर्ता लिएर मोर्चाले गम्भीर गल्ती गरेको छ आरोप लगाउदैँ यो निर्णयप्रति आफ्नो कुनै सहमति नरहेको जानकारी गराउँदै मधेसी जनअधिकार फोरम अध्यक्ष भने । प्रचण्डले आम हडताल फिर्ता लिए पनि हामीले आन्दोलनलाई अगाडी बढाँउछौँ । आम हडताल फिर्तामा लिनेमा माओवादी र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार वाहेक अरु सबै दलको असहमति नै रहेको छ । प्रचण्डले आजको आम हडताल सफल पार्न लागेको सबैलाई धन्यावाद दिदैँ प्रहरीले गरेको दमनलाई घोर भत्र्सना गर्नु भएको छ । प्रचण्डले उधोगी र व्यापारीहरुको आग्रहले आन्दोलन फिर्ता लिनु परेको वताए । तर मधेशी जनअधिकार फोरम लगायतको अरु दलहरुको आम हडताल प्रति असमतिहेको छ ।



तपाईको प्रतिक्रिया