–राकेश यादव
रौतहट, २४ चैत । शाखा कार्यालय स्थापनाको विषय लिएर गौरमा जारी रहेको आम हडतालको आज सातौं दिन पनि जनजिवन प्रभावित हुँदै गएका छन् ।
सरकारले शाखा कार्यालयको निर्णय फिर्ता लिएपनि उद्योग वाणिज्य संघको नेतृत्वमा सात सुत्रिय माग अघि सार्दै आन्दोलन जारी राख्ने भएको छ । सदरमुकाम गौर भन्दा बाहिर रहेका जिल्ला कार्यालयहरुको स्थापना, सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका रामासिष ठाकुरलाई शहिद घोषणा तथा आन्दोलनको क्रममा घाईते भएकाहरुको क्षतीपुर्तिको व्यवस्था लगाएत ६ बुन्दे मांग राख्दै प्रदर्शनकारीहरुले रौतहटमा प्रदर्शन जारी राखेका छन् । बन्दका कारण गौर, गरुडा, गंगापिपरा, शुकदेवचोक, शिवनगर, कटहरिया लगायत बजारहरुको कुनै पनि पसल खुलेका छैनन भने विद्यालयमा पठन पाठनसमेत ठप्प रहेको छ ।
चार दिनअघि प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका ठाकुरको शव अझै जिल्ला अस्पताल गौरबाट उठ्न सकेको छैन । मृतक ठाकुरको श्रीमती भगवतिया देवी र बुहारी चिन्ता देवीको अवस्था दैनिय हुदै गएपछि अस्पताल प्रशासनले सलाइपानीको माध्यमबाट शरिरमा खाद्यान्न सामग्री पठाउने कार्य जारी राखेको अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी नेपाल सरकारले चन्द्रनिगाहपुरमा नापी र मालपोतको शाखा कार्यालय स्थापनाको माग राख्दै आज देखि रिलेअनसन सुरु गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता भरत आचार्य, व्यापारी बिनोद गुप्ता, उधोग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष बासुदेव अधिकारी, थारु कल्याणकारी संघ रौतहटका कोषाध्यक्ष जितेन्द्र चौधरी र एमालेका चन्द्रपुर नगर इन्चार्ज बिनोद घिमिरे बसेका छन् ।



तपाईको प्रतिक्रिया