Khadya Bibhag

‘यो आन्दोलनलाई ख्याल ख्यालमा लिए देशमा विद्रोह हुन्छ’

विराटनगर ,चैत्र २४ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो शान्तिपूर्ण बन्दका कार्यक्रमले पनि सत्ताधारी दल सहमतिमा आएनन् वा टेरेनन भने देशले नथेग्ने गरी विद्रोह हुने चेतावनी दिएका छन् ।
उनले दलहरुको सहमतिमा विगतको सम्झौताको अधारमा संविधान निर्माण गर्न दवाव दिन यो साँकेतिक रुपमा बन्दका कार्यक्रम मात्र हो यदि सत्ता पक्ष सत्तापक्ष अझै पनि सहमति गर्न अग्रसर नभए मुलुकमा विद्रोह हुने चेतावनी दिए । उनले सत्तापक्षको हठका कारण देश राजनितिक मुठभेडतर्फ उन्मुख भएकाले वहुमतको दम्भ त्यागेर सहमतीका लागी लचिलो हुन काँग्रेस र एमालेलाई आग्रह समेत गरे ।
उनले भने, ‘अहिले यो आन्दोलन शान्तिपूर्ण नै छन् तैपनि सत्तापक्ष गम्भिर नभएको देखियो । यदि यसलाई नजर आन्दाज गरियो वा यसलाई कमजोरीको रुपमा लियो भने यो भन्दा कडा आन्दोलन हुने र त्यसलाई कसैले पनि सम्हालन सकिने छैन्।’
सबैलाई समेटेर संविधान निर्माण नगरे मुलकमा राजनीतिक स्थिरता उत्पन्न हुने उल्लेख गर्दै उनले त्यसपछि संविधानसभा बाहिर र भित्र रहेका परिवर्तनकारी शक्तिहरु सँग मोर्चाबन्दी गरेर सशक्त आन्दोलन हुने दावी गरे । उनले सत्तापक्षलाई बहुमतको दम्भ रहेपनि दुईतिहाई बाट संविधान जारी गर्ने नसकिने दावी गरे ।
मुलुकमा राजनीतिक स्थिरता र दिगो शान्ति स्थापनकालागि दलहरुको सहमतिमा संविधान निर्माण गर्न तीस दलिय मोर्चाले आन्दोलनमा उत्रिएको बताउँदै उनले सत्तापक्षले शताब्दीदेखि विभेदमा पारिएका समुदाय र वर्गको अधिकार स्थापित गर्न विगतमा भएको आन्दोलनले स्थापित एजेन्डालाई उल्टाउन खोजेकाले प्रतिपक्षले आन्दोलनमा उत्रिएको बताए ।
विराटनगरमा आज पत्रकारसँगको कुरा गर्दै उनले बहुमतको दम्भले सत्तापक्षले विगतका भएका सम्पूर्ण सम्झौताहरुलाई उल्टाएर मुुलुकलाई फेरी परिवर्तन हुन नदिन लागेको उल्लेख गर्दै राज्यले विगतमा गरेको सम्झौतहरुलाई कार्यान्वय गराउन र दलहरुको सहमतिमा संविधान जारी गर्न मोर्चाले आन्दोलनमा आएको दावी गरे ।
विगतमा भएको सहमती सम्झौता कार्यान्वन गरेर सहमतीमा संविधान जारीगर्ने ग्यारन्टी भए आफूहरु वार्तामा बस्न तयार रहेको बताउँदै अध्यक्ष यादवले सत्तापक्षले विगतमा भएको सहमती सम्झौतालाइ उल्टाउन खोजेकाले आफुहरु बाध्य भएर आन्दोलनमा आएको बताए ।

तपाईको प्रतिक्रिया