राकेश यादव
रौतहट, चैत २३ । रौतहटको लक्ष्मिपुर बेलबिछमा सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गर्न गएका प्रदर्शनकारी र सशस्त्र प्रहरी बिच भएको झड्पमा नौ जना घाइते भएको छन् ।
सोमवार दिउसो बेसका वरिपरीका गाउँलेहरु वेलविछवामा रहेको पोष्टमा घेराउ गरी तोडफोड गर्दै पेट्रोल बम प्रहार गरेपछि सशस्त्र प्रहरी र प्रदर्शनकारीमा झड्प हुदा नौ जना घाइते भएको हो ।
प्रदर्शनकारीहरुलाई सघाउन सिमापारी भारतका भकुरहरको नवरतन गाउँबाट आएका व्यक्तिहरुले पोष्टमा आक्रमण गरेका थिए । गौरबाट वेसलाई बचाउन थप मद्दत पठाएर परिस्थितिलाई काबुमा लिएको छ ।
बेलविछवा गाविस १ का उर्मिला देवी यादव, प्रेम साह, लगायतका नौ जना घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल गौरले जनाएको छ । भारतीय सिमा क्षेत्रबाट वेस क्याम्पलाई लक्षित गर्दै पचासौं राउण्ड गोली प्रहार गरेपछि गौरबाट थप मद्दत त्यस तर्फ पठाइएको थियो ।
सिमापारीबाट नेपाली भुमिमा गोली प्रहार भइरहेको विषयमा स्थानीय प्रशासन गम्भिर भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । भारतीय सितामढीका डिएम र एसपी संग कुरा भएको समेत उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया