बन्दले गर्दा देशैभरिका जनजीवन प्रभावित (फोटोसहित)

काठमाडौ चैत २४ गते । ३० दलीय मोर्चाले गरेको बन्दले मोरगं, सिरहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत राजधानी क्षेत्र प्रभावित भएको छ । पहिचनासहितको संघीयता र संघीयतासहितको सविधान निर्माणका लागि माग गर्दै ३० दलीय गठबन्धनले विगत दुई महिनादेखि आन्दोलनमा छन् ।
दोस्रो चरणको आन्दोलन अन्तरर्गत आज २३ गतेदेखि २६ गतेसम्म आमहडतालका कार्यक्रम शुरु भएको छ । बन्द कर्ताहरु शहरबजार तथा ग्रामिण भेगका विभिन्न चौकमा प्रदर्शन गरी बन्द सफल बनाउनमा लागेका छन् । बन्दकर्ताहरुले आ आफ्नो दलका झण्डा समेत हातमा बोकेका छन् । बन्दको क्रममा फाटफुट समान्य झडप, तोडफोड भएपनि आन्दोलन शान्तिपूर्ण रहेको छ ।
मोटरसायकलमै आफनो दलको झण्डा लिएर लहानको पसलहरु वन्द गराउन लागि परेका छन । बन्द कर्ताहरुले कुनै अप्रिय घटना नघटाउन भन्ने अभिप्रायले सुरक्षा निकायहरु प्नि लहानको मुख्य चोक तथा बन्द कर्ताहरु भेला रहेका स्थानमा तैनाथ रहेका छन् ।
        विहानैदेखि एमाओवादीका  जितेन्द्र कुमार यादव, देव नारायण महतो, रामपृत राम, ओम प्रकाश साह, नथुनी पासवान र राजक्ुुुमार साह, मधेशी जन अधिकार फोरम नेपालको तर्फवाट पूर्व मन्त्री राज लाल यादवको अगुवाई र सदभावना पार्टीको सह महासचिव राजु गुप्ता लगायतका नेताहरुले मोटर सायकलमै आफनो दलको झण्डा बोकेर बन्द गराउन दौडधुप गरिरहेका छन् ।
    सुरक्षाकर्मीहरुले प्रेसका गाडीहरुलाई स्कटिङ्ग गरेका छन् भन्ने चर्को घाममा पनि लहान र मुख्य राजमार्गमा बाक्लो उपस्थिति जनाएका छन् । बन्द कर्ताहरुले सामुदायिक विद्यालयहरुमा संचालन रहेका वार्षीक परीक्षा लिन कुनै अवरोध नपुराई परीक्षा लिन विद्यालयका प्रधानाध्यापकहरुलाई जानकारी समेत गराएको मधेश आन्दोलनका अगुवा कृष्ण वाहादुर यादवले बताए ।
 बन्द गराउन एमाओवादी , मधेशी जन अधिकार फोरम नेपाल र सदभावना पार्टीका कार्यकर्ताहरुको सक्रियता वढी देखिएको छ भन्ने अन्य दलका कार्यकर्ताहरुको खासै उपस्थिति नरहेको एमाओवादीको अशेश्वर यादवको भनाई रहेको छ ।
त्यस्तै विराटनगरमा बन्दको अवज्ञा गरेको भन्दै एक टयाङकरमा तोरफोड गरेका छन् । विहानैदेखि वजार तथा   यातायात बन्द गराउन निस्केका  बन्दकर्ताहरुले   विराटनगर स्थित रोडशेष चौकमा   इटहरीवाट जोगवनीतर्फ जादै गरेको ना ४ खा १९६२ नम्वरको टयाङकरलाई  तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले जानबाट रोके पनि टयाङकर चालकले नमानेर गएकाले आक्रोशित मोर्चाका कार्यकर्ताहरु ढुङामुढा गरेर   सिसा फुटाइ दिएको प्रहरीले जनाएको छ । टयाङकरलाई प्रहरी घेराबन्दी गरेर सुरक्षित स्थानमा लगिएको बताएको छ ।
बन्दको प्रभाव पूर्वका जिल्लामा पूर्णरुपमा  परेको छ । कलकारखान, शैक्षिक संस्था, यातायातका सवारी साधन, बजार पूर्ण रुपमा बन्द रहेको छ ।  मोटरसाईकल फाटफुट रुपमा संचालनमा रहेको छ ।
यसैबीच झापाका समाचारदाता अनुसार मेची अञ्चलका ४ वटै जिल्लामा परेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका मुख्य बजारहरु बन्द रहेको र यहाँ लामा तथा छोटा दुरीका सवारी साधनहरु नचलेको अञ्चल प्रहरी कार्यालय मेची भद्रपुरले जनाएको छ ।
झापाबाट पूर्वी पहाडि जिल्ला छुट्ने सवारी साधनहरु रोकिएका छन् । झापाको दमक, बिर्तामोड लगायतका मूख्य बजारहरुमा बन्दकर्ताहरुले मोटरसाईकलमा चढेर पसल पसलमा पुगेर ब्यापारीहरुलाइ हप्काउदै बजार पसल तथा होटल बन्द गराउन लगाएका छन् ।
यसैबीच पहिलो दिन जनकपुर उप महानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, सबैला नगरपालिकासँगै जटही, यदूकोहा, तीनकौरिया हाटबजार उद्योग व्यापार, कलकारखाना, शिक्षण संस्थाहरु ठप्प रहेको हुंदा जनजीवन अस्तव्यस्त भएको छ ।
आन्दोलनकारीहरु एकाविहानैदेखि चौक चौक राजमार्ग तथा मूल सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले बन्द अवज्ञा गर्ने १५ वटा मोटरसाइकल र दुई वटा अटो रिक्सालाई तोडफोड गरेका छन् ।

तपाईको प्रतिक्रिया