Khadya Bibhag

सेवा केन्द्र सार्ने निर्णय संघीयता विरोधी मानसिकता– जेपी यादव

काठमाडौ चैत २२ गते । तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश यादवले सरकारी कार्यालयलाई सेवा केन्द्रको नाममा राजमार्ग छेउमा सार्ने संघीयता विरोधी नियत भएको बताएका छन् ।
सहारा टाइम्ससँग कुरा गर्दै नेता यादवले तराई मधेशको दक्षिण बेल्टमा पनि सेवा केन्द्रको आवश्यकता छ तर उतातिर नसारेर पहाडि क्षेत्रमा सार्ने नियत राम्रो नभएको बताउँदै यो संघीयताको मुद्दालाई ओझेलमा पार्ने सत्ताधारी दलको नियत भएको दावी गरे ।
संघीयताको बहस चलिरहेकै बेला सरकारी कार्यालयहरुलाई सेवा केन्द्रको नाममा अन्यत्र सार्नु भनेको जनतालाई दिगभ्रमित गर्नु हो, उनले भने, वन जगंल फडानी गरी पहाडि मुलका वस्ती बसेको ठाउँ सेवा केन्द्र सारेको कार्य सरसर गलत हो यो तत्काल रोकिनुपर्छ । अर्कोतिर वन जंगल फडानी गरी सुकुम्बासीको नाममा वस्ती बसाएका छन् र उनीहरुलाई सेवा दिनुपर्छ भन्दै सेवा केन्द्रहरु सारिरहेका छन् ।’
यो सेवा केन्द्र सार्ने काम मधेशमा मात्र किन शुरु गरेको हो पहाडमा गर्दा पनि हुन्छ नि, नेता यादवले भने, पहाडमा यस्ता गाउँ अथावा जिल्लाहरु छन् जहाँका जनतालाई आफनो सदरमुकमा जान दिनभरि लाग्छ, कुनै ठाउँमा त दुई दिनसम्म पनि लाग्छ तर त्यहाँ किन सेवा विस्तार गर्दैनन् यही कुराबाट सत्तापक्षको नियत प्रष्ट भएको छ ।’
मधेशको दक्षिण बेल्टमा सुरक्षा क्याम्प खडा गर्न हुने, तर सेवा केन्द्र विस्तार गर्न किन नहुने उनले भने, हाम्रै जिल्ला (सर्लाही) को कुरा गर्नुस् पश्चिमको छतौना, खैरवा, बौहरवालगातयका गाविसका जनताका लागि सदरमुकाम ३५ किलोमिटर टाढा छ । यतायातको सुविधान पनि छैन तर राज्यले उता सेवा केन्द्र सार्न चासो देखाएका छैन । तर हरियौनका जनतालाई सदरमुकाम मलगवा जान एक घण्टा पनि लाग्दैनन् यतायातको पनि सुविधा छ तैपनि सरकार सेवा केन्द्रलाई हरियौनतिर सार्ने निर्णय गरेका छन् अब यसको नियत के हो तपाई आफै बुझ्नुस् ।’
दोषीमाथि कारवाहीको माग
तराई मधेश सद्भावना पार्टीले गौरमा सेवा केन्द्र  सार्ने नाम भइरहको आन्दोलनमा प्रहरीको दमनप्रति घोर आपत्ति जनाएको छ । राज्यले मधेशीमाथि जानी जानी दमन गरेको ठहर गर्दै घाइतेहरुको उपचारको साथै मृतकलाई सहिद घोषणा गरी क्षतिपुर्तिको माग गरेको छ ।

तपाईको प्रतिक्रिया