Khadya Bibhag

गौरमा वार्ताका लागि हेलिकप्टरबाट आए वार्ताटोली

–राकेश यादव
रौतहट, २२ चैत । सेवा केन्द्र सार्ने विरोधमा भइरहेको आन्दोलनकारीसँग वार्ता गर्न काठमाडौबाट सशस्त्र र नेपाल प्रहरीका दुई जना प्रतिनिधि गौर आइपुगेका छन् ।
त्यहाँ जिल्ला प्रशासन प्रमुख, क्षेत्रीय प्रशासक, डिआजीसँग आन्दोलनकारीले वार्ता गर्न नमाने पछि वार्ताको वातावरण तयार गर्न काठमाडौबाट नेपाल प्रहरीका एआइजी गणेश राई, सशस्त्र प्रहरीका एआइजी कृष्ण कुमार आइपुगेका छन् ।
यता नेपाल सरकारले सम्बोधन गरिसके पनि रौतहट सदरमुकाम गौरमा आन्दोलन जारी छ । रौतहटको चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्री परिषद्को निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघको अगुवाईमा ३० दलिय मोर्चा, नागरिक समाज, लेखापढी कानुन व्यवसायी एशोसिएशनको आन्दोलन आज पाँचौ दिन पनि जारी रहेको छ ।
शुक्रवार नै मन्त्री परिषद्को निर्णयबाट चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने कार्य फिर्ता लिएको तथा उक्त कार्यालयको काम काज सदरमुकाम गौरबाट नै संचालन गरिने निर्णय गरिसक्दा पनि गौरमा जारी आन्दोलन साम्य हुन सकेन ।
मृतक राम अशिष ठाकुरलाई सहिद घोषणा, मृतक परिवारका एक जना सदस्यलाई सरकारी जागिर, घाइतेहरुलाई निशुल्क स्वास्थ्य उपचार, आन्दोलनको क्रममा प्रहरी दमनविरुद्ध उच्च स्तरिय न्यायिक छानविन आयोग, लगायतका सात सुत्रिय माग नेपाल सरकारले सम्बोधन गरे वार्तामा नजाने तथा आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीले दिएका छन् ।
उद्योग वाणिज्य संघको आहवानमा आज पाँचौ दिन पनि रौतहट सदरमुकाम गौर लगायत गरुडा, शिवनगर, सवै बन्द रहेको, आन्दोलनका कारण सरकारी कार्यालयका प्रमुख बाहेकका कर्मचारीहरु गौर छाडिसकेको, र यातायातका साधन समृत अवरुद्ध हुँदा पूर्ण रुपमा प्रभावित भएको छ ।
गौरमा जारी तनाब अन्त्य हुन नपाउदै चन्द्रनिगाहपुरमा आज विद्यार्थीले प्रदर्शन गरेका छन् । गौरबाट मालपोत र नापी कार्यालय विस्तारको निर्णय फिर्ताको विरोधमा स्थानिय जनज्योति बहुमुखी क्याम्पसका बिद्यार्थी संगठनहरुले सयुक्तरुपमा पुर्वपश्चिम राजमार्गमा आधाघण्टा राजमार्ग जाम गरी प्रदर्शन गरेका हुन् ।
चार दिनदेखि गौरमा चर्केको आन्दोलनपछि प्रधानमन्त्रीको कार्यालयले गौरमा रहेको मालपोत र नापी कार्यालय विस्तारको निर्णय फिर्ता लिएको थियो । त्यसैको विरोधमा विद्यार्थीले आन्दोलनको सुरुवात गरेका हुन् । चन्द्रनिगाहपुर बजारबाट निस्केको बिद्यार्थीको जुलुस राजमार्गमा अँएर आधाघण्टा सबारी जाम गरी नाराबाजी गरेर कोणसभा गरी हिडेका थिए ।
तराई, पहाड हिमाली हामि सबै नेपाली भन्ने नाराका साथ सेवाकेन्द्रको निर्णय तत्काल लागु गर्न बिद्यार्गीले माग गरेका छन् । सदरुमकाम नै सार्ने भन्ने भ्रममा परेको गौरका आन्दोलनकारीलाई त्यस्ता भ्रममा नपर्न बिद्यार्थी नेताले अनुरोध गरेका छन् । हामिले सदरमुकाम नै चाहियो भनेका होईनौ बिद्यार्थी नेता देबराज कार्कीले भन,े नेपाल सरकारले निर्णय गरेको सेवा केन्द्रमात्र खोजेका हौ ।

तपाईको प्रतिक्रिया