मोरगं, चैत्र २१ गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छेदारले सत्तापक्षको दुई तिहाई मतको कदर प्रतिपक्षले पनि गर्नुपर्ने बताएका छन् ।
मोरगंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले प्रतिपक्षिहरुले पनि आफ्नो गोरुको बाह्रै टाका भन्न नहुने बताउँदै सहमतिका लागि एक एक कदम दुवै पक्षले हट्नुपर्ने बताए ।
उनले दलहरुको सहमतिमा संविधान जारी गर्न दवाव दिन आन्दोलन गर्नु परेको बताएका छन् ।
उनले सत्ता पक्ष काँग्रेस र एमालेले बहुमतको दम्भका अधारमा विगतको सम्झौतालाई नजर अन्दाज गर्न चाहेको दावी गर्दै दलहरुको सहमति बिनाको संविधान दिर्घकालिन र दिगो नहुने बताए ।
उनले आन्दोलनरत शक्तिहरु बीच मतभेद र द्वन्द्व बढे मुलुकको आर्थिक सामाजिक वातावरण खल्बलिने भएकाले अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताको भावना अनुसार सहमतिमा संविधान बनाउनु पर्ने स्पष्ट पार्नुभयो ।


तपाईको प्रतिक्रिया