Khadya Bibhag

गौर घटना बारे उपेन्द्र र राजेन्द्रको यस्तो आयो कुरो

काठमाडौ चैत २२ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले रौतहटको सदरमुकाम गौरबाट सेवा कार्यालय सार्ने सरकारी निर्णयविरुद्व गौरमा जारी आन्दोलनमा प्रहरीले जनतामाथि गरेको बर्बर दमन र अत्याचारको घोर भत्र्सना एवं निन्दा गर्दै दोषीमाथिको कारवाहीको माग गरेको छ । साथै आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च पनि सरकारले दिनुपर्ने माग गर्दै स्थानीयको घरघरमा पसेर महिला बालबालिकालाई कुटपिट र लूटपाटमा संलग्न प्रहरीलाई तत्काल निलम्बर गरी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
सरकारले षडयन्त्रपूर्ण ढंगले बल प्रयोग गरी मधेशमा भय र आतंक सिर्जना गर्ने, मधेशका जिल्लाहरुमा अशान्ति फैलाउने, जनताको घरघरमा प्रवेश गरी महिला तथा बालबालिकालाई कुटपिट गर्ने, सेवा विस्तारका नाममा मधेशी जनतालाई पाइरहेको सरकारी सेवा सुविधा र अधिकारबाट बञ्चित गर्ने कुत्सित मनसायले प्रहरी प्रशासनले चालेको यस्ता घृणित कदम तत्काल हट्नुपर्ने बताउदै उनले प्रहरी प्रशासनको अमानवीय रवैयाबाट बिचलित नहुन स्थानीय जनतालाई आह्वान गरेको छ ।
प्रहरीले शनिबार सा“झ गौर नपा–८ स्थित सर्बसाधारण्ँको घरमा प्रवेश गरी महिला तथा किशोरीलाई कुटपिट र दुव्र्यवहार गरेको छ । प्रहरीको गोलीले प्रमोद ठाकुर, प्रवीण्ँ राय यादव, एकरामुल हक, राजिव झा, उमर पाण्डे, पवन पटेल र रामनाथ बैठा गम्भीर घाइते छन् । प्रहरीले सदरमुकामका केही पसल घरमा लूटपाट गरेको छ । प्रहरी ज्यादतीले गौरको अवस्था अत्यन्तै नाजुक बनेको छ ।
अध्यक्ष यादवले आज विज्ञप्ति जारी गरेका भनेका छन्, ‘चैत्र २० र २१ गते गौरमा प्रहरी दमनले सयौं स्थानीय जनता घाइते छन् । शुक्रवार मात्रै सशस्त्र प्रहरीको गाडीले किचेर गौर नगरपालिका १०, सवगाढाका रामआशिष ठाकुरको मृत्यु भएको थियो । दर्जनौंलाई प्रहरीको गोली लागेको छ । प्रहरीको गोलीले मुडलवा ६, गौरका विद्यानन्द यादव र हजमिनिया १ गौरका रणधीर सिंह गम्भीर घाइते छन् । यादवको टाउको र सिंहको पेट र तिघ्रामा गोली लागेको छ । जनप्रदर्शनका क्रममा समाचार संकलन गर्न पुगेका आधा दर्जन पत्रकारहरुलाई कोठामा बसिरहेको अवस्थामा प्रहरीले अश्रुग्या“स प्रहार गरी सख्त घाइते बनाइसकेको छ ।’
त्यसै गरि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगंजमा संचारकर्मीसंग कुरा गर्दै प्ररही प्रशासनको व्यवहारप्रति घोर भत्र्सना गर्दै आन्दोलनकारीको सबै माग सम्बोधन गरिएन भने मधेशमा फेरी ठूलो विद्रोह हुने चेतावनी दिएका छन् । गौर घटनाको आगो मधेशमा फैल्दै गएको र यसबाट उत्पन्न हुन सक्ने असहज प्रस्थितिको सम्पूण जिम्मेवार वर्तमान सरकार हुने बताउँदै अध्यक्ष महतोले मधेश विरोधी कोइराला सरकारले मधेशमा अशान्ति फैलाउन, मधेश विरोधी निर्णय गरि विवाद बढाउन लागेको र प्रहरीलाई गुण्डाको रुपमा प्रयोग गरि भय र आतंकको माहौल सृजना गर्न लागेको आरोप लगाए । प्रहरी दमनमा घाईते भएकाहरुको सम्पूर्ण उपचार खर्च र मृतकलाई शहिद घोषणा गर्न समेत माग उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया