Khadya Bibhag

करेण्ट लागेर चार जनाको मृत्यु

जनकपुर चैत २१ गते । जनकपुरस्थित पुलचोकमा आज करेन्ट लागेर चारजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा धनुषा बेंगाशिवपुरका मिलन मंडल, सुनिल दास, श्याम मुखिया र धनुषा औरहीका अरुण साह रहेका छन् ।
धनुषाको बल्हासाघारा निवासी मनोज यादवको जनकपुरको पुलचोकस्थित निर्माणाधिन घरमा शौचालयको सेफटीट्यांकी बनाइरहेको समय ट्यांकीभित्र विद्युत प्रवाह हुँदा उनीहरुको मृत्यू भएका प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार सेफटी ट्यांकीभित्र पसेर सुनिल, मिलन र श्यामले ट्यांकी चुहिन्छ कि चुहिंदैन भनेर परीक्षण गर्न ट्यांकी भित्र पसेका थिए । ट्याकीमा घुँडासम्म पानी  थियो ।  ट्यांकीभित्र अध्यारो भएकाले अरुणले माथिबाट बल्ब बालेर ट्यांकीभित्र उज्यालो देखाइरहेको अवस्थामा उनको हातबाट बल्व सो पानी भएको ट्याकीमा खस्यो । बल्व पानीमा खसेपछि करेण्ट प्रवाह भयो र करेण्टले तीनै छटपटाउन थाले । उनीहरुलाई ट्याकीभित्र छ्टपटाइरहेको देखेर अरुण पनि उनीहरुलाई बचाउन त्यसमा हाम फालेका थिए ।  अरुण हामफाल्दासम्म तीन जनाको मृत्यु भइसकेको थियो ।
गम्भीर अवस्थामा रहेका अरुणलाई उपचारका लागि अस्पताल लग्ने क्रममा उनको मृत्यू भएको थियो ।  

तपाईको प्रतिक्रिया