–राकेश यादव
रौतहट, २१ चैत । प्रहरी र प्रदर्शनकारीबीच आज पनि दिनभरि गौरको विभिन्न स्थानमा झड्प भएको छ । झडपको क्रममा तीन सुरक्षाकर्मीसहित तीन दर्जनभन्दा प्रर्दशनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाको प्रतिकारमा प्रहरीले दर्जनौ राउण्ड टियर ग्यास र त्यतिकै रबरका बुलेटहरु प्रहार गर्दा सात जना प्रदर्शनकारीलाई गोली लागेको छ भने करिव तीन दर्जन प्रदर्शनकारीहरु प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भएका हुन् । रौतहटको टिकुलियामा प्रर्दशनकारीले प्रहरीको ना २ झ ५८२ नम्बरको गाडि सहित ३ वटा गाडिमा आगजनी गरेका छन् । रौतहटको गाविस गंगा पिपरामा प्रहरी र प्रर्दशनकारी बिच दोहरो झडप हुँदा सो ठाउंमा गोली चलेको समाचार प्राप्त भएको छ । त्यस्तै गविस सरुअठा, झुन्खुन्वा, सबगढा, गढवा लगायतका स्थानहरुमा समेत प्रहरी र प्रर्दशनकारीबीच झडप भइ रहेको छ ।
सशस्त्र वेस क्याम्प बंकुलतर्फ गइरहेका ना. १ झ ७३३ नम्वरको सशस्त्र प्रहरीको भ्यान राति ९ बजेको समयमा फिर्ता जाने क्रममा गौर नपा १० सपगढा स्थित जनताले ढंगामुढा गर्न सुरु गरेका थिए । ढंगामुढा सुरु गरेपछि भ्यानलाई ब्याक गर्ने क्रममा ६५ वर्षिय स्थानीय रामअशिष ठाकुरलाई किचिएको थियो ।
गम्भीर घाइते ठाकुरको छाती र तिघ्रामा भ्यानले किचिएपछि जिल्ला अस्पताल गौरमा उपचार भइरहेकै क्रममा शनिवार विहान ६.४५ बजेको समयमा मृत्यु भएको अस्पतालले बतायो ।
प्रहरीले प्रदर्शनकारीहरुलाई पछि हटाउनका लागि दर्जनौ टियर ग्यास र सट गनबाट रबरको गोली त्यतिकै रुपमा प्रहार गर्दा सात जनालाई गोली लागेको छ । सर्लाही बलराका प्रमोद ठाकुर, औरैयाका प्रविण राय यादव, प्रतापपुर पल्टुवाका एकरामुल हक, गौरका राजिव झा, उमर पाण्डे, पवन पटेल र रामनाथ बैठालाई प्रहरीको गोली लागेर घाइते भएका छन् । घाइतेहरुको गौर अस्प्तालमा उपचार भइरहेको तथा उनीहरुको अवस्था चिन्ताजनक रहेकोमा विरगंज पठाउने तयारी भइरहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
स्थिति अराजक बन्दै जिल्ला प्रहरी कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाध्ययात्मक भएर टियर ग्यार एवं रबरको गोली चलाउनु परेको बताउदै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रदर्शनकारीहर पछि नहट्दा दिउसो २ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन अनुसार कर्फयु गौर नगरपालिकाको बजार क्षेत्रमा लगाएको छ ।
















तपाईको प्रतिक्रिया