प्रेस विज्ञप्ति २०७१ चैत्र २१
कलैयाको कथाव्यथा सेलाउन नपाउ“दै रौतहटको सदरमुकाम गौरमा त्यहीँ घटना दोहरिँदैछ । चैत्र २० गते साँझदेखि स्थानीय प्रशासनले गौरमा लगाएको कफ्र्यू आज दोस्रो दिन पनि जारी छ । चैत्र २० गतेको गौरमा प्रहरी दमनले करिब ५ दर्जनभन्दा बढी स्थानीय जनता घाइते भएका छन् । घाइतेहरुको उपचार गौरमा हुँदैछ । त्यस्तै, दुई जनालाई प्रहरीको गोली लागेको छ । प्रहरीको गोलीले मुडलवा ६, गौरका विद्यानन्द यादव र हजमिनिया १ गौरका रणधीर सिंह गम्भीर घाइते छन् । यादवको टाउको र सिंहको पेट र तिघ्रामा गोली लागेको छ । उनीहरु दुबैको अवस्था गम्भीर भएकाले वीरगञ्जमा उपचाररत छन् । आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा फोरम नेपालका केन्द्रीय सल्लाहकार बबन सिंह, महिला फोरम नेपालकी रौतहट जिल्ला अध्यक्ष शोभा साहलगायत दर्जनौं नेता तथा कार्यकता सख्त घाइते छन् । शुक्रवार राती प्रहरीको एक समूहले गौर बजारमा स्थानीयको पसल तोडफोड गरी लूटपाट गर्नुका साथै केही मोटरसाइकल तोडफोड गरेको छ । जनप्रदर्शनका क्रममा समाचार संकलन गर्न पुगेका आधा दर्जन पत्रकारहरुलाई कोठामा बसिरहेको अवस्थामा प्रहरीले अश्रुग्या“स प्रहार गरी सख्त घाइते बनाएको छ ।
मालपोत कार्यालय एवं नापी शाखालाई रौतहटको सदरमुकाम गौरबाट पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा सार्ने सरकारी निर्णयविरुद्व रौतहटको गौरमा जारी आन्दोलनमा प्रहरीले जनतामाथि गरेको बर्बर दमनको मधेसी जनअधिकार फोरम, नेपाल घोर भत्र्सना एवं निन्दा गर्दछ । फोरम, नेपाल लगायत आमजनताको तर्फबाट गौरको न्यायोचित आन्दोलनमा समर्थन जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न सरकारसँग माग गर्दछ । सरकारले षणयन्त्रपूर्ण ढंगले बल प्रयोग गरी मधेशमा भय र आतंक सिर्जना गर्ने, मधेशका जिल्लाहरुमा अशान्ति फैलाउने, सेवा विस्तारका नाममा मधेशी जनतालाई पाइरहेको सरकारी सेवा सुविधा र अधिकारबाट बञ्चित गर्ने कुत्सित मनसायले प्रहरी प्रशासनले चालेको यस्ता घृणित कदमबाट बिचलित नभई आन्दोलन जारी राख्न स्थानीय जनतालाई मधेसी जनअधिकार फोरम, नेपाल आव्हान् गर्दछ ।
तसर्थ, जनताको आन्दोलनमा प्रहरी दमन तत्काल बन्द गरी दोषी प्रहरीमाथि कडा कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति, पसल तथा सवारीका साधन तोडफोडको क्षतिपूर्ति र सबै घाइतेलाई सरकारको तर्फबाट औषधि उपचार एवं क्षतिपूर्ति तत्काल उपलब्ध गराउन मधेसी जनअधिकार फोरम, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
……………………
प्रवक्ता
रत्नेश्वरलाल कायस्थ



तपाईको प्रतिक्रिया