Khadya Bibhag

जयशंकरसँग मधेशी नेताको लन्च मिटिगं

काठमाडौ चैत २० गते । हिजो विहान तीन दिने भ्रमणमा नेपाल आएका भारतीय विदेश सचिव सुव्रमन्यम जयशंकरले विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तित्वहरुलाई भेट्ने कार्य जारी राखेका छन् । हिजो सविधानसभाका अध्यक्ष सुवाष नेम्वाङ, माआवादीका अध्यक्ष प्रचण्डलगायत अन्य नेताहरुलाई उनकै घर कार्यालयमा गएर भेटेका छन् । तर आज मधेशवादी दलका नेतालाई उनले भेट्नका लागि द्वारीका होटलमा बोलाएका छन् ।
मधेशवादी दलका अध्यक्षहरु उपप्रधानमन्त्रीदेखि लिएर विभिन्न समयमा मन्त्री पद सम्हालि सकेका छन् । त्यस अवस्थाको प्रोटफोलियो अनुसार भेट्न मिल्छ कि मिल्दैन भने चर्चा भइरहेको अवस्थामा मधेशवादी दलहरु १२ बजे जयशंकरलाई होटलमा गएर भेट्दैछन् । मधेशवादी दलका एक नेताले भने, हामीलाई भेटघाटका लागि होइन खानामा बोलाएको कारण जहाँ बोलाउँछन् त्यहाँ जानै पर्छ त्यसैले हामी होटलमै गएर लन्चसहित जयशंकरलाई भेट्ने छौ । त्यतिकै भेट्नका लागि बोलाएको भए सायद एक पटक सोच्थिए ।’
भारतीय दुतावासबाट मधेशवादी दलसँग भेटघाटको समय पनि लन्चसहित मिलाएको र सोही अनुसारको पत्र नेताहरु समक्ष पुगेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया