Khadya Bibhag

गौरमा पत्रकारलाई पनि बाँकी राखेनन् प्रहरीले

गौर ,चैत २० गते । सेवाकेन्द्र खोल्ने सरकारको निर्णयको खारेजीको माग गर्दै रौतहटको सदरमुकाम गौरमा भइरहेको आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झपड हुँदा ५४ जना घाइते भएका छन् । सोही आन्दोलनको समाचारको सम्प्रेण गर्न गएका एक दर्जन पत्रकारलाई पनि प्रहरीले जानी जानी घाइते बनाएका छन् ।
 समाचार संकलनको क्रममा पत्रकारको कार्यालयमा बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई थुनेर अन्धाधुन्ध आश्रुग्याँस प्रहार गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष शैलेन्द्र गुप्ताले बताए ।
 समाचार सम्प्रेषण गर्न गएका पत्रकारमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्दा विभिन्न संचारमाध्यमका एक दर्जन पत्रकार घाइते भएकाहरुलाई अस्पतालमा उपचार भइरहेको छ ।
  प्रहरीको आक्रमणबाट प्रतिक दैनिकका शैलेन्द्र मmा, कान्तिपुर टिभीका रमेश ठाकुर, सहारा टाइम्सका राकेश यादव ,सँस्कृति एफएमका सतेन्द्र सिंह ,कमाण्डर दैनिकका संजय मिश्र लगायत एक दर्जन घाइते भएका छन् ।
  प्रहरीले सुनियोजित ढंगले पत्रकारमाथि हमलागरी घाइते बनाएकोप्रति मधेशी पत्रकार संघले घोर भत्र्सना गरी दोषीलाई कारवाहीको माग गरेको छ ।  आन्दोलनकारी र प्रहरीबिच शुक्रवार दिनभर  झडप हुँदा पत्रकार आन्दोलनकारी ,सर्वसाधारण तथा सुरक्षाकर्मी सहित ५४ जना घाइते भएको गौर अस्पतालमा उपचारकालागि आएको तथ्यांकले जनाएको छ ।
झडपमापरी मधेशी जनअधिकार फोरम नेपालका नेता एवं पूर्वसभासद बबन सिंह, रम्भा देवी, नेपाल सद्भावना पार्टीका कार्यकर्ता मुडवलवा गाविसका विद्यानन्द यादव, हजमिनिया गाविसका राजेश साह, गौर १३ का महेन्द्र सिंह, ब्रहम्पुरी गाविसका शैलैन्द्र सिंह, कोपवा गाविसका राजु मंडल, गौर १ का संजय जयसवाल, मर्यादपुर गाविसका कामेश्वर यादव गौर ५ का अनिल सिंह, गौर ८ का विश्वनाथ यादव, गौर १३ का राजेश सिंह, गौर ५ का विजय यादव लगायतका घाइते भएको गौर अस्पतालले जनाएको छ ।
  त्यसैगरी प्रहरीतर्फ अनिल पटेल, राकेश तिवारी, रिषी मंडल घाइते भएको तथा गोली लागी गम्भिर घाइते विद्ययानन्द यादवलाई थप उपचारकालागि वीरगंज पठाइएको तथा अन्यलाइ गौर अस्पतालमा उपचार भइरहेको छ

तपाईको प्रतिक्रिया