Khadya Bibhag

फोरम नेपालको प्रत्येक जिल्लामा आन्दोलन परिचालन समिति गठन

काठमाडौ चैत १९ गते । मधेशी जनअधिकार फोरम नेपालले प्रत्येक जिल्लामा आफ्नो छुट्टै आन्दोलन परिचालन समिति गठन गरेको छ । हिजो मात्र सप्तरी जिल्लामा जिल्ला अध्यक्ष शम्भु झाको अध्यक्षतामा ४१ सदस्यीय आन्दोलन परिचालन समिति गठन भएको पार्टीका केन्द्रीय सदस्य शैलेन्द्र साहले सहारा टाइम्सलाई जानकारी गराए ।
लगभग प्रत्येक जिल्लामा गठन भइसक्यो अब क्षेत्रीय, गाउँ तथा वडास्तरको आन्दोलन परिचालन समिति गठन गर्नमा लागेका छौ, सप्तरीमा रहेका साहले फोनमा कुरा गर्दै भने, यो बनिरहेका समितिहरु ३० दलको आन्दोलनलाई पनि सहयोग गर्नेछ तर जब ३० दल आफ्नो आन्दोलनबाट ब्याक भएपछि फोरम नेपाल आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले जिल्ला जिल्लामा समिति गठन गरिएको हो ।’
कतिपय सन्दर्भमा ३० दलीय गठबन्धन भन्दा फरक मुद्दा र मागहरु मधेशी जनअधिकार फोरम नेपालको रहेको छ, त्यसको प्राप्तिका लागि पनि फोरम नेपाल आन्दोलनको तयारीमा लागेको भन्दै नेता साहले आफूहरु हरेक सेक्टरमा समिति गठन गर्न लागेको बताए ।
उनले विद्यालय, क्याम्पस, कलकारखाना, शहरवजार, मजदुरलगायतको क्षेत्रमा पनि आन्दोलन परिचालन समिति निर्माण गरिने र एकपटक पुनः मधेशमा आन्दोलन चर्काउने तयारी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया