Khadya Bibhag

सेवा केन्द्र विस्तार विरुद्ध अनिश्चतकालका लागी रौतहट बन्द ।


-राकेश यादव

सेवा केन्द्र विस्तार गर्ने नेपाल सरकारको निर्णय विरुद्धमा उद्योग वाणिज्य संघको अगुवाईमा बुधवार देखी अनिश्चीतकालको लागी रौतहटको बजार तथा यातायात बन्द भएको छ
सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयलाई मन्त्रिपरिषदको बैठकबाट तत्काल खारेज गर्न माग राख्दै उद्योग वाणिंज्य संघको नेतृत्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज, नेपाल लेखापढी कानुन व्यवसायी एसोशिएसन, लेखापढी कानुन व्यवसायी समिती तथा जेष्ठ नागरिक संघले संयुक्त रुपमा चैत २ गते देखि नै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
रौतहटका २२ वटा गाविसलाई समेटेर चन्द्रपुर नगरपालिकामा नापि, मालपोत र भुमिसुधार कार्यालयको सेवा केन्द्र विस्तार गर्ने नेपाल सरकारको निर्णय विरुद्धमा उद्योग वाणिज्य संघ रौतहट नेतृत्वको टोलिले बुधवार देखी अनिश्चीत समयको लागि बजार तथा यातायात बन्द गराएका हुन् ।
त्यस्तै बन्द गराउदै हिडेका बन्दकर्ता र प्रहरी बिच झडप भएको समाचार प्राप्त भएको छ । सदरमुकाम गौर को अदालत चोक अगाडिका केहि पसल लाई बन्द गराउने क्रममा प्रहरी र स्थानिय बिच झडप भएको थियो । भडपका क्रममा बन्दकर्ता द्धारा प्रहार गरिएको ढुंगा लागी २ जना प्रहरी जवान घाईते भएका छन् । शान्तिपुर्ण तरीकाले गरेको आन्दोलबाट सरकारलाई कुनै फरक नपरेकाले अन्तिम विकल्पको रुपमा आम हडताल गर्नु परेको आन्दोलनकारीहरुले बताएका छन् । बुधवार बिहानै देखि बन्दको कार्यक्रमलाई सफल बनाउन बन्दकर्ताले सदरमुकामका विभिन्न सडकहरुमा टायर बाली तथा ठुला ठुला ढुंगा राखी सडक अवरुद्ध बनाएका छन् ।
शान्तिपूर्ण बन्दको नाममा उग्ररुपमा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुको यो रवैयालाई स्थानिय नेता जम्शैद आलमले गैरजिम्मेवार तरीका रहेको शंज्ञा दिएका छन् ।
बन्दका कारण सदरमुकाम तनावपूर्ण बनेको छ । शान्तिपूर्ण आन्दोलन घोषणा गरी तपाईहरु उग्र रुप अपनाउनु कतिको उचित हो भनि रौतहट उधोग वाणिज्य संघका अध्यक्ष कन्तमुणि जयसवाल लाई सोध्दा यो त अहिले टे«लर मात्र रहेको र सरकारले आफ्नो निर्णय तुरन्त फिर्ता नलिए पूर्व प्रम माधव नेपाललाई रौतहट प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
बन्दका कारण सदरमुकाम गौर र मध्य बजार गरुडाको सम्पूर्ण बजार तथा यातायातका साधन ठप्प भएका छन् भने गौर बाट चल्ने लामो तथा साना दूरीका सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् । पूर्व पश्चीम राजमार्गको चन्द्रनिगाहपुर सडकखण्डमा भने यातायातका साधन सुचारु नै छन् ।

तपाईको प्रतिक्रिया