काठमाडौँ, १८ चैत । एकीकृत नेकपा ९माओवादी०ले पार्टीका पोलिटब्युरो सदस्य एवम् सभासद् प्रभु साहले पार्टी अध्यक्षको हत्या गर्न गिरोह परिचालन गरेको भनेर पार्टीकै केही नेताले दिएको अभिव्यक्ति निराधार रहेकोे जनाएको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा पार्टीकै केन्द्रीय सदस्य एवम् सभासद् सुरेन्द्रप्रसाद जयसवाललगायतले पत्रकार सम्मेलन गरी नेता साहविरुद्ध भ्रामक प्रचारबाजी गरेको भन्दै जयसवाललाई पार्टीले आवश्यक कारबाही गर्न प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।
एमाओवादीले यस प्रकारको प्रचारबाजीको भ्रममा नपर्न पार्टी कार्यकर्ता र जनतालाई अनुरोधसमेत गरेको छ ।
यो पनि पढ्नुस्



तपाईको प्रतिक्रिया