Khadya Bibhag

गठबन्धनको जलुसमाथि प्रहरी दमन (फोटो र भिडियोसहित)

काठमाडौ चैत १५ गते । ३० दलीय गठबन्धनले आज देशैभिर प्रदर्शन गरेको लाठी जुलसमाथि प्रहरीले व्यापक हस्तक्षेप गरेको ठहर गठबन्धनले गरेको छ । सिहदरवारमा आज बसेको बैठकले प्रहरीको यो हस्तेक्षको घोर विरोध गर्दै घाइतेको उपचार गराउन माग गरेको छ ।
आज काठमाडौलगायत, हेटौडा, पर्सा, बारा, सिरहा, सप्तरी, मोरङलगायतका जिल्लाहरुमा आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको गठबन्धनले जनाएको छ । खास गरि मधेशको हरेक जिल्लामा प्रहरीले हस्तक्षेप गरी आन्दोलनकारी घाइते बनाएको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले बताए । 

 तीस दलीय मोर्चा र प्रहरी बीच वीरगन्जको माईस्थानमा झडप हँुदा दुई जना सुरक्षाकर्मी र आधादर्जन आन्दोलनकारी घाइते भएका छन् । वीरगन्जको घन्टाघर चोकबाट मोर्चाले आज अपराह्न निकालेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठी खोस्न खोज्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो ।

वीरगन्जको माईस्थानमा भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक बिजुली भुजेल र प्रहरी जवान सन्तोष पटेल घाइते भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । झडपमा परी आन्दोलनकारीतर्फबाट मोर्चा पर्साका संयोजक प्रदीप यादव, फोरम नेपालका जिल्ला सदस्य इन्द्रकान्त दास, एमाओवादी नेता बाबुराम कौशिक, वकिल मियाँलगायत आधादर्जन रहेको संयोजक यादवले जानकारी दिनुभयो ।
भिडियो यहाँ हेर्नुस्

घाइते सुरक्षाकर्मी र आन्दोलनकारीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फिर्ता भएका छन् ।
त्यसैगरि सिरहामा पनि शान्तिपूर्ण ढंगबाट निकालिएको ३० दलीय मोर्चाको जलुसमाथि प्रहरीले हस्तक्षेप गरेका छन् । सहमतिको अधारमा संविधान बन्नुपर्ने माग सहित प्रदर्शन गरेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा एक दर्जन नेता कार्यकर्तालाई चोट पटक लागेको तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डलले बताए ण्ण्। 
प्रहरी हस्तक्षेपमा एकीकृत नेकपा माओवादीका एक जनाको हात भाँचिएको र दुई जनाको टाउको फुटेको तथा अन्य दलका एक दर्जन भन्दा बढी कार्यकर्तालाई चोटपटक लागेको छ । प्रहरीले शान्तिपूर्ण जुलुशमा हस्तक्षेप गर्दा भएको दाहोरो झडपमा एमाओवादीका कमल कुर्मीको हात भाँचिएको छ भने सुरेन्द्र यादव र सूर्यप्रकाश महतोको टाउकोमा चोट लागेको छ ।
प्रहरीसँगको दोहोरो झडपमा सद्भावना पार्टीका दुई, फोरम लोकतान्त्रिकका दुई, फोरम नेपालका तीन, जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको नेता मण्डलले बताए ।
महोत्तरीमा ३० दलिय मोर्चाले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आईतवार लाठी जुलुस प्रदर्शन गरेको छ । फोरम नेपालका जिल्ला अध्यक्ष राम नरेश रायको नेतृत्वमा जलेश्वरको महादेव मन्दिरदेखि शुरु गरिएको जुलुस जलेश्वर अस्पताल, दुर्गा चौक हुदै जिल्ला प्रशासन कार्यालय पुगी सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया