Khadya Bibhag

सकियो एसएलसी

भक्तपुर १३ चैत । विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा यही चैत ५ गतेदेखि सुरु भएको थियो ।

परीक्षाका लागि कुल पाँच लाख ७४ हजार ६८५ जनाले फाराम भरेका थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाको अन्तिम दिन आज सप्तरीमा २४ परीक्षार्थी निष्काशित गरिएको जानकारी दिनुभयो । यस वर्षको परीक्षामा पनि तराईका जिल्लामा अनियमितता गर्ने कार्यमा न्यूनता नआएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया