Khadya Bibhag

ओलीले माग गरे अग्नीपीडितका लागि राहत

काठमाडौँ, १३ चैत । एमालेले सप्तरीको कञ्चनरुप नगरपालिका पडेमारा टोलको दलित बस्तीमा गए राति भएको भीषण आगलागीबाट पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सो आगलागीमा परी एकको मृत्यु, ८० घर जलेर नष्ट हुनाका साथै ३५ परिवार प्रभावित भएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी मृतकका परिवारप्रति समवेदना र पीडित परिवारमा सहानुभूति प्रकट गर्दै आफैँमा गरिबीबाट आक्रान्त बनेको सो बस्तीमा तत्कालीन राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ भने अन्य सङ्घसंस्थालाई मानवीय सहयोग गर्न आह्वान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया