महाधिवेशन नजिकिदै सिरहा काँग्रेसमा विवाद

चैत १० गते ।  नेपाली काँग्रेसको तेह्रौ महाधिवेशन जति जति नजिकैद छ त्यति त्यति पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म विवादहरु बाहिर आउन थालेका छन् । दुई समूहमा बाँडिएका नेपाली काँग्रेसले अहिले आआफ्ना कार्यकर्ता तयार गर्न तथा जिल्लामा बर्चस्व कायम गर्न लागेका छन् । यसको नमुना सिरहामा देख्न सकिन्छ ।
सिरहा ५ का क्षेत्रिय सभापतिबाट राजिनामा दिइसकेका र पार्टी परित्याग समेत गरिसकका व्यक्तिलाई पुनः क्षेत्रीय सभापति बनाएपछि विवाद चुलिएको हो । पार्टी छाडिसकेका व्यक्तिलाई सभापति बनाउने निर्णय फिर्ता नलिए जिल्ला सभापति सीता देवी यादवलाई नै सभापति पदबाट हटाउने चेतावनी आएको छ । दुई तिहाईको संख्याले विधानमा व्यवस्था भएअनुसार अविश्वासको प्रस्ताव ल्याएर भएपनि सीता देवीलाई नै हटाउने तयारी भइरहेको बुझिएको छ । काँग्रेसका सिरहा जिल्ला उप सभापति राम सुन्दर चौधरीले दोश्रो संविधानसभाको मुखमा पार्टी परित्याग गरेर मधेशी जन अधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरि सकेका सभापतिलाई केन्द्रिय अनुशासन समितिका सचिव केशव पराजुलीले सभापति यादव माथि कार्वाहीको कुनै सिफरिस नभएकोले पूर्वझै काम काज गर्न २०७१ मघ ८ गते पत्र दिएपछि जिल्लामा विवाद चर्किदै जान थालेको बताए ।
क्षेत्रीय सभापतिबाट राजिनामा दिइसकेपछि त्यसको जिम्मेवारी क्षेत्रिय सचिव विश्ेश्वर यादवलाई दिन डेढ महिना अगाडि नै निर्णय भएको तर त्यसको कुनै वास्ता नगरी सीता देवीले जर्वजस्ती त्यही व्यक्तिलाई ल्याएकोपनि विवाद चर्किएको हो । जिल्ला सभापति सितादेवी यादवलाई पटक पटक जिल्ला कार्यसमितिको वैठकवाट कारवाहीका लागि केन्द्रमा चिठी पठाउन आग्रह र दवाब दिएपनि नपठाएकोमा सभापति यादवलाई नै हटाउने बताइएको छ । पार्टी सभापति यादवले पार्टीमा अहंकार, हैकमवादी र तनाशाह प्रवृत्ति देखाएर पार्टी संचालन गर्न खोजेकोले आरोप जिल्ला सचिव उपेन्द्र यादवले लगाएका छन् ।

तपाईको प्रतिक्रिया